१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जन्म मेरो खोटाङ, कर्म मेरो सुन्दरहरैंचा : अर्जुन कुमार ढकाल

Logo

निरज बस्नेत
सुन्दरहरैंचा, माघ १७
खोटाङ जन्म स्थान बताउँने अर्जुन कुमार ढकाल विगत ४० बर्षअघिदेखी तराइमा छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ हाइवेमा रहेको अर्जुन नर्सरी उद्योग वि.सं. २०७१ साल श्रावण महिनादेखी अनवरतरुपमा चलिरहेको छ ।

वि.सं. २०१६ चैत्र १६ मा खोटाङमा जन्मिएका ढकाल, श्रीमती अन्जु ढकालका साथमा यहाँस्थित नर्सरीमा दिनभरी व्यस्त हुनेगर्दछन् । ३ छोरीहरु छन् । दुईको विवाह भइसकेको छ । एक अहिले साथमै छिन् । उनको अध्ययन जारी छ ।

अर्जुनको यो नर्सरीमा अहिले २ सय किसिमका फलफूलका विरुवाहरु पाइन्छन् । फलफूलको सौखिन भएकै कारण अर्जुनले यो फलफूलको विरुवासहितको नर्सरी खोलेका हुन् ।

वि.सं. २०४८ सालमा अर्जुनको विवाह अंजुसँग भएको हो । अंजुले यिनको काममा सकेको सहयोग गर्नमा कुनै कसर बाँकी राखेकी छैनन् । आज अर्जुनको सफलतामा उनकी अर्धाङिनी अन्जुको महत्वपूर्ण भूमिका रहेको छ ।

जीवनमा ३ छोरीहरुको लालनपालनमा समय खर्चिनु चानचुने कुरा पटक्कै होइन । यस्तो एउटा गहन भूमिका जिम्मेवारीपूर्ण निर्वाह गरेकै कारण पनि आज नर्सरी व्यवसायमा सफल हुनु अर्जुन आफुलाई भाग्यमानी नै मान्छन् ।

कान्छी छोरीले पनि वुवा–आमालाई राम्रै सघाएकी छिन् । वार्षिक ३ लाख भाँडा तिर्ने गरी उनले यो नर्सरी लिएका छन् । सरदर दैनिक आम्दानी ३ हजार हुने गरेको अर्जुन बताउँछन् । उनको यही सुन्दरहरैंचा–५ बाटै मतदाता नामावलीमा नाम छ । यही ठाउँबाट उनले चुनावमा मतदान गरी मतदाताको भूमिका पनि निभाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]