०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उर्लावारीको शान उर्लावारी प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा

Logo

निरज बस्नेत
उर्लावारी, माघ १७
उर्लावारीको शान–उर्लावारी प्रादेशिक महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मोरङ जिल्लाको प्रमुख शहर उर्लावारी नगरपालिका–४ मा यही २१ माघबाट शुरु भएर माघ २९ गतेसम्म गरी जम्मा ९ दिनसम्म महोत्सव लाग्दैछ ।

२ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको यो प्रादेशिक स्तरको महोत्सव बताइएको छ । महोत्सवको तयारी लगभग अन्तिम–अन्तिम चरणममा पुगेको महोत्सव समितिका संयोजक भरत भट्टराइले जानकारी दिएका छन् ।

उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीका अनुसार महोत्सवले कृषि तथा पर्यटनलाई टेवा पुर्याउँने बताएँ । महोत्सवमा २५ करोड बढीको कारोवार हुने आयोजकको दावी छ ।

उर्लावारी–४ नगरपालिका पूर्वपट्टीको खाली चौरमा महोत्सव लाग्नेछ । संयोजक भट्टराइका अनुसार महोत्सवमा नेपाल लगायत, छिमेकी राष्ट्रहरु, भारत, पाकिस्तान, बंगलादेश लगायतको समेत सहभागिता रहनेछ ।

सह–संयोजक प्रितम खड्गीका अनुसार महोत्सवमा १७० बढी स्टलहरु रहनेछन् । दैनिक सांस्कृतिक कार्यक्रम महोत्सवको मुख्य आकर्षणको रुपमा रहनेछ । त्यस्तैगरी अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा स–साना नानीहरुका लागि बाल उद्यानका अलावा मनोरन्जनका विविध खेल समाग्रीहरु हुने जानकारी दिएँ ।

उर्लावारी उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको महोत्सवमा उर्लावारी नगरपालिका संरक्षक हो । यस्तैगरी महोत्सवलाई सफल बनाउँन, छिमेकी पालिकाहरु तथा प्रदेशका विभिन्न मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको साथ रहेको उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]