१८ भाद्र २०८२, बुधबार
03-09-2025 , Wed
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

विराटनगरमा एभरेष्ट कार्निभल हुदै…

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९

निरज बस्नेत
विराटनगर, माघ २५
विराटनगर–५ मा रहेको एभरेष्ट कलेजले तिनदिने एभरेष्ट कार्निभल २०७९ कार्यक्रमको आयोजना गर्ने भएको छ । सो कलेजमा मंगलवार आयोजित प्रेस मिटका क्रममा कलेजका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिएका हुन् ।

पुरीका अनुसार कार्यक्रम यही आउँदो माघ २७ देखी २९ गतेसम्म हुनेछ । कार्निभलमा दुई दिन अभिभावक दिवस समेत भव्यताका साथ मनाइने समेत सो पत्रकार सम्मेलनमा बताइएको छ ।

कार्यक्रमको पहिलो दिन महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितीमा प्ले ग्रुपदेखी कक्षा–५ सम्मका विद्यार्थी र तिनका अभिभावकसँग अभिभावक दिवस मनाइनेछ ।

दोस्रो दिन कक्षा–६ देखी १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितीमा अभिभावक दिवस मनाइने समेत पुरीले बताएँ । यसै दिन प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्दिकुमार राजभण्डारी पनि सहभागी हुनेछन् ।

कार्निभलमा कलेजका विद्यार्थीले तयार गरेका ५० भन्दा बढी साइन्स, म्याथ तथा म्यानेजमेन्ट विषयसँग सम्वन्धीत परियोजनाहरु प्रर्दशनीमा राखिनेछ ।

एभरेष्ट कलेजका भाइस प्रिन्सिपल नारायण कडरियाका अनुसारमा कार्निभलमा १८ स्टल रहनेछन् । साथै निशुःल्क स्वास्थ्य शिविर पनि संचालन हुने जानकारी गराइयो ।

कार्निभलको लास्ट डे राष्ट्रिय कलाकार कालीप्रसाद बास्कोटा, अस्मिता अधिकारी तथा अन्जु गौतमको समेत जोडदार प्रस्तुती रहने छ । कार्निभलमा एभरेष्ट कलेजका २५०० बढी विद्यार्थीको उपस्थिती रहनेछ ।

टोटल २५ हजारको संख्यामा मानिसको कार्यक्रममा उपस्थिती रहने आयोजकको दावी समेत रहेको छ । तिन दिने कार्यक्रमको लागि ३० लाख आसपास रकम खर्च हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]

विराटनगर, भाद्र २८ – देशको  पुरानो र भरपर्दो शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसाेसियट्सले मंगलबार विराटनगरमा आफ्नो ११औं शाखाको उद्घाटन गरेको छ। उद्घाटनकै अवसरमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको लागि ग्लोबल एक्स्पोको पनि आयोजना गरिएको थियो। संसारीमाई स्थान नजिक रहेको कन्सल्टेन्सी भवनमा आयोजित कार्यक्रममा विदेश अध्ययनमा रुचि राख्ने ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। […]