२१ साउन २०८३, बिहिबार
06-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा एभरेष्ट कार्निभल हुदै…

Logo

निरज बस्नेत
विराटनगर, माघ २५
विराटनगर–५ मा रहेको एभरेष्ट कलेजले तिनदिने एभरेष्ट कार्निभल २०७९ कार्यक्रमको आयोजना गर्ने भएको छ । सो कलेजमा मंगलवार आयोजित प्रेस मिटका क्रममा कलेजका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिएका हुन् ।

पुरीका अनुसार कार्यक्रम यही आउँदो माघ २७ देखी २९ गतेसम्म हुनेछ । कार्निभलमा दुई दिन अभिभावक दिवस समेत भव्यताका साथ मनाइने समेत सो पत्रकार सम्मेलनमा बताइएको छ ।

कार्यक्रमको पहिलो दिन महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितीमा प्ले ग्रुपदेखी कक्षा–५ सम्मका विद्यार्थी र तिनका अभिभावकसँग अभिभावक दिवस मनाइनेछ ।

दोस्रो दिन कक्षा–६ देखी १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितीमा अभिभावक दिवस मनाइने समेत पुरीले बताएँ । यसै दिन प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्दिकुमार राजभण्डारी पनि सहभागी हुनेछन् ।

कार्निभलमा कलेजका विद्यार्थीले तयार गरेका ५० भन्दा बढी साइन्स, म्याथ तथा म्यानेजमेन्ट विषयसँग सम्वन्धीत परियोजनाहरु प्रर्दशनीमा राखिनेछ ।

एभरेष्ट कलेजका भाइस प्रिन्सिपल नारायण कडरियाका अनुसारमा कार्निभलमा १८ स्टल रहनेछन् । साथै निशुःल्क स्वास्थ्य शिविर पनि संचालन हुने जानकारी गराइयो ।

कार्निभलको लास्ट डे राष्ट्रिय कलाकार कालीप्रसाद बास्कोटा, अस्मिता अधिकारी तथा अन्जु गौतमको समेत जोडदार प्रस्तुती रहने छ । कार्निभलमा एभरेष्ट कलेजका २५०० बढी विद्यार्थीको उपस्थिती रहनेछ ।

टोटल २५ हजारको संख्यामा मानिसको कार्यक्रममा उपस्थिती रहने आयोजकको दावी समेत रहेको छ । तिन दिने कार्यक्रमको लागि ३० लाख आसपास रकम खर्च हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]