२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने…

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९

निरज बस्नेत
ईनरुवा, माघ २५
सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने कुराको जानकारी चलचित्रकर्मी अरुण कुमार प्रधानले जानकारी गराएका छन् । प्रधान नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत हुन् ।

प्रधानकै अगुवाइमा यो महोत्सव हुन लागिरहेको हो । यस ईनरुवा महोत्सवको संयोजकमा ईनरुवा नगरपालिका रहेको छ । यही फागुन ७ देखी ११ गतेसम्म गरेर जम्मा ५ दिन उक्त महोत्सव हुन लागेको हो ।

सांस्कृतिक तथा पर्यटन महोत्सव २०७९ नाम दिइएको यो महोत्सव ऐतिहासिक हुने कलाकार प्रधान बताउँछन् ।

महोत्सवमा सहभागी चलचित्रहरु ईनरुवाको सिवी हल एवं कमल टाँकिजमा प्रर्दशन गरिनेछ । महोत्सवको परिकल्पनाकारमा स्वंयम् कलाकार अरुण प्रधान आफै हुन् । आयोजकमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]