३१ बैशाख २०८३, बिहिबार
14-05-2026 , Thu
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

छक्का – पन्जा ४ को प्रतीक्षामा नेपाली दर्शक

Logo

निरज बस्नेत
विराटनगर, फागुन १६
हेमराज विसीद्दारा निर्देशित चलचित्र छक्का–पन्जा ४ को प्रदर्शन मिति फागुन–१९ जतिजति नजिकिदैं छ, त्यतित्यति नै धेरै नेपाली दर्शकमा उक्त चलचित्र हेर्ने आतुरता बढ्दै छ । यसअघिको छक्का पन्जाको सिरियलहरु सवै सुपरहिट भइसकेका थिँए । ३० करोडसम्म नेपाली रुपैंया ग्रस कलेक्सन गरेको मुवी हो, छक्का पन्जा ।
दीपक–दीपाको प्रस्तुतीको रहेको यो चलचित्रमा समसामयिक विषयवस्तु उठान गर्ने गर्नाले पनि आम नेपाली दर्शकमाझ यो चलचित्र सधै बहुप्रतिक्षित बन्ने गरेको पाइन्छ । यसका गानाहरु पनि सुमधुर रहनेले समेत चलचित्र सफल हुनुको अर्को राज हो । यता छक्का पन्जाका सिरिजहरुको कन्टेन्टलाई प्रायः नेपाली फिल्मप्रेमीले मनपराउँने नै गरेका छन् ।
दीपक दीपा ब्राण्डमा दम छ, त्यही भएर म उनीहरुले बनाएको चलचित्र हेर्छु भन्छन् ः विराटनगर ३ का युवा विवेकराज जोशी, विवेकको नजरमा दीपक दीपा भन्ने वित्तिकै राम्रो फिल्म मेकर आइहाल्छ । तसर्थ विवेकको पहिलो रोजाई नै यही ब्राण्ड हमेशा पर्ने गरेको छ । विवेक भन्छन्, यो चलचित्र म १९ गते नै हेर्छु । विवेक जस्तै अन्य यस्ता धेरै दर्शकहरु प्रशस्त छन्, जसलाई १९ फागुनको प्रतीक्षा छ ।
२ घण्टा ३२ मिनेटको यो चलचित्र बनेको छ । चलचित्रमा दीपक राज गिरी, दीपाश्री निरौंला, केदार घिमिरे, लगायतको अभिनय रहेको छ । कमेडी जर्नामा बनेको यो मुवीले राजनीतिक विषयवस्तु पनि राम्रै पाराले उठान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]