०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

राम्रो बेलवारी

Logo

निरज बस्नेत
बेलवारी, चैत्र ११
कृषि, उद्यम, व्यापार, पर्यटन, र स्वरोजगार, शान्ति, सुशासन, समृद्द नगरी राम्रो बेलवारी बनेको छ । बेलवारी नगरपालिका मोरङको मध्य भागमा अवस्थित रहेको छ ।

डाँगीहाट, बाहुनी समेत बेलवारी नगरपालिकामा नै अटाएका छन् । ऐतिहासिक बेलवारीमा बेलको ठूलो जंगल रहेको हुनाले नै यो ठाउँलाई बेलवारी नाम दिइएको हो ।

बेतना सिमसार बेलवारी घुम्न लायक महत्वपूणर् ठाउँ हो । बेतनामा दिनहुँ घुम्न आउँनेको संख्या उल्लेखनीय रहेको जानकारी बेतना सिमसारका अध्यक्ष डम्वर बस्नेतले गराएँ ।

 

वि. सं. २०७१ सालमा मोरङ जिल्लाका बेलवारी र कसेनी दुइवटा गाविस मिलेर बेलवारी नगरपालिका बनाइयो । पछी वि. सं. २०७३ मा आएर बाहुनी र डाँगीहाटलाई पनि गाभियो ।

यस भेगका पूराना वासिन्दा स्थानीय धिमालहरु नै हुन् । बेलवारीको क्षेत्र १३२.७९ वर्गकिलोमिटर रहेको छ । विराटनगरदेखी बेलवारीको दूरी ५५ किमी बताइन्छ । बेलवारीमा धनपालगढी लोहन्द्रा र दरलोक्ना खोलाको बीचमा पर्दछ । यो गढीको जमिन १८ विगाहा रहेको छ ।

धनपालगढीमा राजा धनपालको मन्दिर छ । यहाँभित्र ७ वटा पोखरी पनि छन् । थारु संस्कृतिसँग जोडिएको यो एउटा ऐतिहासिक धार्मिक स्थल हो । जहाँ घुम्न आउँदा केही जानकारी लिएर जान सकिन्छ ।

बेलवारी १२ मा वुद्दिष्ट गुम्वा छ । यो गुम्वा निकै आकर्षक छ । बजारबाट ४ किमी पूर्वमा यो गुम्वा रहेको छ । एक विगाहा क्षेत्रफलमा फैलिएको छ । यहाँ लामा गुरुले दैनिक पूजा गर्छन् । यहाँपनि घुम्न आउँदा रमाइलो हुन्छ ।

साकेलाथान भुमिपूत्र मूलवासी किँरात समुदायको आस्थाको केन्द्र यही छ । साकेला थान वि. सं. २०४८ मा स्थापना भएको हो । यहाँपनि घुमेर मनलाई आनन्दित पार्न सकिन्छ ।

रमिते भ्युटावर समेत बेलवारीमा छ । यहाँ पिकनि आउनेको राम्रै भीड हेर्न पाइन्छ ।

वडा नं. १० मा रहेको सृजना पार्कमा जोडीहरु आउने गर्दछन् । यहाँ पार्कमा परिवारसहितको जमघट पनि हुने गरेको देखिन्छ ।

बेलवारी राधानगरमा मखन पोखरी छ । १ विगाहा १५ कठ्ठामा फैलिएको यस क्षेत्रमा ब्राह्मण, क्षेत्रीको बढी वसोवास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]