३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

केटीएम सिटीको विन्टर सेल अफर शुरु

Logo

विराटनगर, चैत १५ 

केटीएम सिटीले विन्टर सेल अफर सार्वजनिक गरेको छ । आफ्ना ग्राहक वर्गलाई लक्षित गर्दै केटीएम सिटीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरुको सेल अफर बजारमा ल्याएको छ ।

केटीएम सिटीका सबै आउटलेटहरुमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको आधिकारिक वेबसाइट तथा मोबाइल एपबाट पनि सजिलै अडर गर्न सकिनेछ । सेल अफर अप्रिल ६ सम्म चल्नेछ ।

विन्टर अफर काठमाडौं उपत्यका भित्र र बाहिरका सबै आउट लेटहरुमा लागु हुनेछ । नेपाली ब्राण्ड केटीएम सिटीले आम सर्वसाधारणलाई लक्षित गर्दै सर्वसुलभ मुल्यमा गुणस्तरीय लुगाहरु उपलब्ध गराउँदै आएको छ । नेपाली ब्राण्डलाई अन्तराष्ट्रिय जगतमा पुर्याउने उद्धेश्य सहित केटीएम सिटीले भारतका विभिन्न शहर सहित क्यानडामा समेत आउट लेट विस्तार गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यका सहित देशभर शाखा विस्तारलाई आक्रमक ढङ्गले अघि बढाईरहेको छ । देशभरका सबै आउटलेटमा केटीएम सिटी ब्राण्डका पछिल्ला उत्पादन सर्वसुलभ मुल्यमा प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]