१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धान तालिम समापन

Logo

बिराटनगर, चैत्र २३
नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाण्डौको आयोजना तथा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को प्राविधिक सहयोग र IREX को सहयोगमा संचालन भएको मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरीको लागि कानुन सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेशका बिभिन्न प्रहरी कार्यालयहरुका २० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । बिराटनगरको होटल स्टर्न स्टारमा चैत्र २२ गते देखि संचालन भएको उक्त तालिममा अधिवक्ता कृष्ण प्रसाद न्यौपाने, उच्च अदालतका पुर्व न्यायधिश अग्नी थपलिया, मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौका प्रहरी नायव उपरीक्षक सुदिप प्रसाद पाठक लगायतका प्रशिक्षकका प्रशिक्षण दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]