१३ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङको’ सफल शल्यक्रिया

Logo
प्रकाशित बुधबार, चैत्र २९, २०७९

विराटनगर, चैत २९

विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।

झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए ।

तीन हप्ता अगाडी टाउँको दुखाइ भएर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गइन् । उक्त हस्पिटलमा उपचार सम्भव नभएपछि विराटनगर जान त्यहाँका चिकित्सकले सुझाव दिए । त्यसपछि उनी आर्या न्यूरो हस्पिटलमा ८ चैतमा आइन् । आर्यामा आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालले विरामीको स्वास्थ्य जाँच गरे । ‘एमआरआइ गरेपछि कटुवालको ‘पाईका एन्युरीज्म’ भएको पत्ता लाग्यो । त्यसपछि चिकित्सकले शल्यक्रिया गरिनुपर्ने सल्लाह दिए ।

१२ चैतमा डा. नेपालको नेतृत्वको टिमले कटुवालको मतिष्तक भित्र भएको ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भयो । ‘टाउँको रगत जमेको थियो । त्यसलाई मेडिकल भाषमा पाईका एन्युरीज्म भन्ने गरिन्छ । रगतको नशामा फुकुन्डो हुन्छ । त्यो फुटो भने हेमोरेज हुन्छ । यो जटिल ठाउँमा हुने गरेकोले हामीले चार घण्टा लगाएर सफल शल्यक्रिया गरिम,’ उपचारमा संलग्न डा. नेपालले भने, ‘यसको उपचार समयमै गरेन भने विरामीलाई बचाउन गाह्रो हुन्छ । त्यसैले विरामीको समयमै उपचार गनुपर्ने हुन्छ ।’

पाईका एन्युरीज्म क्लिपिङ’ को अहिलेसम्म दोस्रो पटक शल्यक्रिया गरिएको डा. नेपालले सुनाए । ‘यो सँगै मैले ‘पाईका एन्युरीज्म क्लिपिङ’ को दोस्रो पटक शल्यक्रिया गरे,’ उनले भने, ‘यसअघि बी एण्डसीमा गरेको थिए । आर्या न्यूरोमा पहिलो केस हो ।’

२० दिन राखेर सफल उपचार भएपछि सोमबार विरामीको डिस्चार्ज भएको छ । दिदीको सफल उपचार भएपछि विरामीका बैनी मुना भण्डारी दहालले उपचारमा खिटने चिकित्सक र हस्पिटललाई धन्यवाद दिइन् । ‘हस्पिटल ल्याउँदा दिदीको अवस्था एकदमै नाजुक थियो । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर तीन हप्तासम्म उपचार गरेपछि दिदी ठिक हुनुभएको छ,’ डिस्चार्ज भएपछि बैनी मुनाले भनिन्, ‘अहिले दिदी राम्रोसँग हिडडुल गर्न सक्ने हुनुभयो । मज्जाले बोल्न सक्ने हुनुभएको छ ।’ आर्या न्यूरो हस्पिटलमा दिदीले नयाँ जीवन पाएको उनले सुनाइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]