३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवा शुभारम्भ

Logo

विराटनगर, बैशाख ३

मोरङको बेलबारी नगरपालिका-३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याव परिक्षण सेवाको शुभारम्भ भएको छ । आईतबार बिहान कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको थियाे । त्यहाँ निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलाले ल्यावमा परिक्षण नमुना (Blood) दिई सेवा शुभारम्भ गर्नु भएको थियाे ।

प्रदेश प्रहरी अस्पतालको ल्यावबाट CBC, LFT, RFT, Lipid-profile, Urine R/E, Stool R/E, Uric acid, Sodium, Potassium, Serology लगायतका परिक्षण सेवा सुचारु भएको छ । सेवा शुभारम्भ कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]