२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

Logo
संवाददाता जनचर्चा प्रकाशित बुधबार, आषाढ २७, २०८०

काठमाडौं
बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका हुन् ।

प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउँन लागेको हो ।

शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए । उनले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउँने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]