१६ मंसिर २०८२, सोमबार
01-12-2025 , Mon
Gold Silver Price (12 Mansir 2082, FRI)
Fine Gold 1 Tola NRs. 251100
Silver 1 Tola Nrs. 3360

मन्त्रीहरुकाे भूमिका शंकास्पद देखिएको भन्दै तातिए सांसद डा.सुनिल शर्मा

अबिलम्ब कांग्रेस संसदीय दलको बैठक बोलाउन माग
Logo
निरज बस्नेत प्रकाशित मंगलबार, साउन ०९, २०८०

काठमाडौं, साउन ९
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तस्करी प्रकरणका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सांसद शर्माले बैठक तत्काल बोलाउन माग गर्दै सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा निवेदन दिएका हुन् ।

साउन १० गते प्रतिनिधि सभा बैठक बस्ने भएकाले त्यसअघि नै यो विषयमा संसदीय दलभित्र गम्भीर छलफल गर्नुपर्ने उनको माग छ । ‘सुन तस्करीमा अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका कर्मचारीको प्रत्यक्ष संलग्नता भएको हुँदा अर्थमन्त्री र गृहमन्त्री ज्यूको भूमिका प्रति व्यापक रुपमा जनस्तरमा शंका उत्पन्न भएकाले यो विषयमा हाम्रो संसदीय दलमा गम्भीरतापूर्वक छलफल वाञ्छनीय देखिएको छ,’ सांसद शर्माले संसदीय दलमा दर्ता गराएको पत्रमा लेखिएको छ, ‘आम सांसदहरूको मनोभावना र चाहनालाई समेट्दै यस विषयमा साउन १० गते अगावै संसदीय दलको बैठक बोलाई छलफल गराई पाउँ ।’

साउन ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको एक क्विन्टल सुन विमानस्थल बाहिर लगिसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागको टोलीले नियन्त्रणमा लिएको थियो । विशेष सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्ट कटेर सुन भित्रिनु र एयरपोर्टको गेट कटेर गइसकेपछि अर्थ मन्त्रालय मातहतको राजश्व विभागले पक्राउ गर्नुले घटनामा गृहको संलग्नता देखिएको सांसद शर्माको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने उनको बुझाई छ ।

गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता विना सुन तस्करी हुनै नसक्ने दावी गर्दै आएका सांसद शर्माले तस्करीमा आफ्नो दल वा गठबन्धनका उच्च पदस्थ व्यक्ति नै संलग्न भएपनि कारबाही गर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । कांग्रेसबाट निर्वाचित सांसद शर्माले आफ्नै पार्टीबाट बनेका अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका प्रति प्रश्न उठाइरहेका छन् । उनले यसअघि संसदीय समितिको बैठकमा पनि गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

तस्करी प्रकरणका विषयमा बहुमत सांसदहरुले संसदीय दलको बैठकमा छलफल चाहेको भन्दै उनले देश र जनताको हितमा बैठक कोसेढुंगा सावित हुने विश्वास पनि व्यक्त गरेका छन् । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित शर्मा तलब भत्ता नलिने एकमात्र सांसद हुन् । पार्टीगत स्वार्थभन्दा माथि उठेर अभिव्यक्ति दिदै आएका सांसद शर्मा जनपक्षीय सवालहरूमा खरो उत्रँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]

विराटनगर, मंसिर ५ ।  चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजाका साथ नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीहरूलाई विराटनगरको कान्तिपुर कलेजले सम्मान गरेको छ। विराटनगर महानगरपालिका–१० मा अवस्थित कलेजले शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल तीन विद्यार्थी सहित वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने ४३ विद्यार्थीहरूलाई सम्मान गरेको […]