१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्याएबापत सांसद शर्मा सम्मानित

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १४ साउन । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । माइती नेपालले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी सम्मानित गरे । ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा अतुलनीय योगदान गरी स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउँन प्रभावकारी भूमिका खेल्दै समाजमा पछाडि पारिएका सीमान्तकृत, सुविधाविहिन र अभिभावकविहीन माइती नेपालका सेवाग्राही बालबालिका तथा महिलाहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्नुभएकोमा तपाईंको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै यो कदर पत्र प्रदान गरिएको छ’ डा.शर्मालाई दिइएको कदर पत्रमा भनिएको छ ।

सो अवसरमा मन्त्री आचार्य, माइती नेपालकी अध्यक्ष कोइराला लगायत वक्ताहरूले डा.शर्माले पुर्याएको योगदानको चर्चा गर्दै उनको सेवाभावको खुलेर प्रशंसा गरे । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्मा मेडिकल कलेज व्यवसायी पनि हुन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुँदा डा.शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआइभी संक्रमणका पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले हजारौं बिरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । उनले ठूलो संख्यामा असहाय र वेवारिसे बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गरेर उनीहरूको ज्यान बचाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]