२३ पुष २०८२, बुधबार
07-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्याएबापत सांसद शर्मा सम्मानित

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, साउन १६, २०८०

काठमाडौं, १४ साउन । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । माइती नेपालले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी सम्मानित गरे । ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा अतुलनीय योगदान गरी स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउँन प्रभावकारी भूमिका खेल्दै समाजमा पछाडि पारिएका सीमान्तकृत, सुविधाविहिन र अभिभावकविहीन माइती नेपालका सेवाग्राही बालबालिका तथा महिलाहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्नुभएकोमा तपाईंको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै यो कदर पत्र प्रदान गरिएको छ’ डा.शर्मालाई दिइएको कदर पत्रमा भनिएको छ ।

सो अवसरमा मन्त्री आचार्य, माइती नेपालकी अध्यक्ष कोइराला लगायत वक्ताहरूले डा.शर्माले पुर्याएको योगदानको चर्चा गर्दै उनको सेवाभावको खुलेर प्रशंसा गरे । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्मा मेडिकल कलेज व्यवसायी पनि हुन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुँदा डा.शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआइभी संक्रमणका पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका थिए ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले हजारौं बिरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । उनले ठूलो संख्यामा असहाय र वेवारिसे बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गरेर उनीहरूको ज्यान बचाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]