०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

लेख परिक्षण नहुँदा “विराट गोल्डकप २०८०” अन्योलमा

Logo
संवाददाता जनचर्चा

विराटनगर,मंसिर ५
विराट गोल्डकप फुटवल  सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टकाे वास्तविक आम्दानी र खर्च सार्वजनिक भएकाे छैन ।

विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टलाई बुझाउनु पर्नेमा अहिले सम्म नबुझाएको कारण आम्दानी र खर्चको बारेमा ट्रष्टले कुनै जवाफ दिन सकेको छैन।

विराट गोल्डकप संचालन गर्नु पर्ने समय नजिक आइसकेको छ तर हिसाव किताव प्राप्त नभएको कारण ट्रष्टले गोल्डकप संचानल गर्ने वा नगर्ने भन्ने विषयमा ठोस निर्णय दिन सकेको छैन। गोल्डकप सम्पन्न भएपछि हिसाव सार्वजनिक भएँ पारदर्शी हुनुपर्छ भनेर संचारमाध्यममा समाचार आएपछि अडिट नगरिकन आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको ४ महिना पुगी सके पनि लेख परिक्षण हुन् सकेको छैन।

त्यसवेला तत्काल ८० लाख भन्दा बढी घाटा देखिएको थियो तर ट्रष्टका जिम्मेवार व्यक्तिहरुले सो अनुसारको घाटा भएको कुरालाई मान्न सकेका छैन। लेख परिक्षण गरि वास्तविक आम्दानी र खर्चको विवरण ट्रष्टलाई उपलब्ध गराई आर्को फुटवल टुनामेन्ट गर्न सहज वातावरण बनाउनु पर्ने आवाज उठ्न थालेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]