१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

लेख परिक्षण नहुँदा “विराट गोल्डकप २०८०” अन्योलमा

Logo
संवाददाता जनचर्चा

विराटनगर,मंसिर ५
विराट गोल्डकप फुटवल  सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टकाे वास्तविक आम्दानी र खर्च सार्वजनिक भएकाे छैन ।

विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टलाई बुझाउनु पर्नेमा अहिले सम्म नबुझाएको कारण आम्दानी र खर्चको बारेमा ट्रष्टले कुनै जवाफ दिन सकेको छैन।

विराट गोल्डकप संचालन गर्नु पर्ने समय नजिक आइसकेको छ तर हिसाव किताव प्राप्त नभएको कारण ट्रष्टले गोल्डकप संचानल गर्ने वा नगर्ने भन्ने विषयमा ठोस निर्णय दिन सकेको छैन। गोल्डकप सम्पन्न भएपछि हिसाव सार्वजनिक भएँ पारदर्शी हुनुपर्छ भनेर संचारमाध्यममा समाचार आएपछि अडिट नगरिकन आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको ४ महिना पुगी सके पनि लेख परिक्षण हुन् सकेको छैन।

त्यसवेला तत्काल ८० लाख भन्दा बढी घाटा देखिएको थियो तर ट्रष्टका जिम्मेवार व्यक्तिहरुले सो अनुसारको घाटा भएको कुरालाई मान्न सकेका छैन। लेख परिक्षण गरि वास्तविक आम्दानी र खर्चको विवरण ट्रष्टलाई उपलब्ध गराई आर्को फुटवल टुनामेन्ट गर्न सहज वातावरण बनाउनु पर्ने आवाज उठ्न थालेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]