१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ दिपा बिष्ट सम्मानित

Logo
संवाददाता जनचर्चा

विराटनगर, पुष १७ । भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी मोरङकी दीपा बिष्टलाई मंगलबार एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।मोरङको सुन्दरहरैंचा–११ की बिष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा युरोप, अमेरिका र एशियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरुलाई पछि पार्दै महिलातर्फ गोल्ड मेडलसहित ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी हुन् ।

मोरङ स्ट्रेन्थलिफ्टिङ एशोसिएशनको आयोजनामा बिष्टसहित सोही प्रतियोगीतामा सिल्भर मेडल प्राप्त गर्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई समेत सम्मानित गरिएको छ । एशोसिएशनका अध्यक्ष नवनीतराज प्रधानले खेलाडीहरु बिष्ट र प्रधानाङ्गलाई सम्मानपत्र र खादाले सम्मानित गरेका हुन् ।
महिलातर्फ ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी बिष्टले तीनवटा तौल समुहका सवै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरु समेत तोड्न सफल भएकी थिइन् । अहिलेसम्म कुनैपनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई गोल्डमेडल सहितको उपाधि दिलाएकी हुन् ।
नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रुपमा चिनिन्छ । खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पदक भित्र्याइरहेका छन् । अहिलेसम्मका अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा आफ्नै स्रोत साधन र खर्च जुटाएर खेल्दै आएको नेपाली टोलीले सरकारहरुबाट सहयोग नपाइएको जनाइएको छ ।

हालसम्म ४४ वटा जिल्लाहरुमा एशोसिएन गठन गरेर स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेललाई अघि बढाउने प्रयास गरिरहेको भएपनि सरकारले खेलाडीहरुलाई गर्नुपर्ने आवश्यक प्रोत्साहन गर्न नसकेको सुनसरी स्ट्रेन्थलिफ्टिङ एशोसिएसनका सचिव विजयसिंह थेबेले गुनासो गरे ।
खेलाडीहरुले लगातार आफ्नो खर्चमा गएर देशका लागि मेडल प्राप्त गरेर देशको नाम उचा बनाएको भएपनि तीन तहका सरकारहरुले उनीहरुलाई प्रोत्साहनसम्म पनि गर्न नसकेको दुखेसो पोखे ।

सुन्दरहरैंचाकी बिष्टले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समुह अन्तरगत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगीतामा उनले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् ।
उनले प्राप्त गरेको स्वर्ण पदकले नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी खेललाई अन्तर्राष्ट्रियकरण गर्न त्यतिबेला महत्वपूर्ण योगदान गरेको थियो । दीपाले यसपटक पनि आइबीपीतर्फ सवैभन्दा ठुलो उपाधि हात पारिन् । तर उनी प्रदेश सरकारले बर्षेनी गर्ने खेलाडी सम्मानमा भने सरकारको नजरमा पर्न सकेकी छैनन् ।
आइबीपीमा अहिलेसम्म ७२ दशमलव ५ केजी माथिको तौलमा अन्तर्राष्ट्रिय रेकर्ड नरहेको जानकारी दिंदै उनले ९० केजी उचालेर किर्तिमान कायम गरेकी हुन् ।
इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल जिम तथा फिटनेश क्लवहरुमा छातीको शारिरीक अभ्यासगर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर दुवै हातले तौललाई माथि उचाल्ने क्षमता प्रदर्शन गरिने खेल हो । यो खेलमा प्रतिष्पर्धामा उत्रिने खेलाडीले आफुले उठाउने तौडलाई शरिरको पछाडिबाट उठाउनु पर्ने नियम रहेको छ । तौल उठाउनुअघि ३ सेकेण्डसम्म छातीमा अड्याउनु पर्ने र त्यसपछि मात्रै तौत उचाल्नुपर्ने र बिस्तारै तौडलाई राख्नुपर्ने भएकोले निकै कठिन खेल रहेको सिल्भर मेडलप्राप्त खेलाडी कविर भगत प्रधानाङ्गले बताए ।

‘हामीले आफ्नो प्रयासमा देशको नाम राख्दै आएका छौं, यो खेललाई छोटो समयमै लोकप्रिय बनाएका छौं’ सुनसरी स्टे«न्थलिफ्टिङ एसोसिएशनका अध्यक्ष समेत रहेको प्रधानाङ्गले भने, ‘खेलकुदमन्त्रीले १०औं राष्ट्रिय खेलकुदमा पनि यो खेललाई समेट्ने प्रतिवद्धता जनाउनु भएकोले केही आशावादी भएका छौं ।’ उनले कोशी प्रदेश सरकारले भने अन्तर्राष्ट्रिय मेडल प्राप्त गर्दा समेत अहिलेसम्म खेलाडीहरुलाई नसम्झिएको भन्दै गुनासो गरे ।
‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी बिष्टले आफ्नो निजी खर्चमा हैदरावाद गएर खेल प्रदर्शन गरेको बताइन् । उनले मेहनतका साथ खेल प्रदर्शन गरेका कारण देशका लागि मेडल ल्याउन सफल भएको बताइन् ।

‘मैले ९० केजी तौल लिफ्टिङ गरेर यो उपाधि प्राप्त गरेको हो, अहिलेसम्म ७२ केजीमाथि महिला प्रतिपष्पर्धीहरुले उठाउन सकेका छैनन्’ उनले भनिन्, ‘८५ केजी उचालेपछि गोल्ड मेडल प्राप्त गरें, त्यसपछि आफ्नै रेकर्डमा थप रेकर्ड कायम गर्ने सोच बन्यो, अनि ९० केजी उचालेर वल्र्ड स्ट्रोङगेस्ट वुमन टाइटल जित्न सफल भए“ ।’
विश्वमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल भारतको कलकत्ताबाट सुरु भएको मान्ने गरिएको छ । सन् २००४ मा सुरु भएको यो खेल भारतमा लोकप्रिय खेलका रुपमा विकास हु“दै गएर अहिले नेपालमा पनि विस्तार भइरहेको जनाइएको छ ।
विश्वमा अहिलेसम्म २० वटाभन्दा बढि देशहरुमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल औपचारिक रुपमा खेलिन थालेको जनाइएको छ । नेपालमा भने सन् २०२१ देखिमात्रै यो खेल सुरु भएको हो ।
हैदरावादमा सम्पन्न १०औं च्याम्पियनसिपमा भने नेपालले कुल १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]