०९ माघ २०८१, बुधबार
22-01-2025 , Wed
Gold Silver Price (8 Magh 2081, Tuesday)
Fine Gold 1 Tola NRs. 158100
Silver 1 Tola Nrs. 1875

‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ दिपा बिष्ट सम्मानित

Logo
संवाददाता जनचर्चा प्रकाशित मंगलबार, पुष १७, २०८०

विराटनगर, पुष १७ । भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी मोरङकी दीपा बिष्टलाई मंगलबार एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।मोरङको सुन्दरहरैंचा–११ की बिष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा युरोप, अमेरिका र एशियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरुलाई पछि पार्दै महिलातर्फ गोल्ड मेडलसहित ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी हुन् ।

मोरङ स्ट्रेन्थलिफ्टिङ एशोसिएशनको आयोजनामा बिष्टसहित सोही प्रतियोगीतामा सिल्भर मेडल प्राप्त गर्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई समेत सम्मानित गरिएको छ । एशोसिएशनका अध्यक्ष नवनीतराज प्रधानले खेलाडीहरु बिष्ट र प्रधानाङ्गलाई सम्मानपत्र र खादाले सम्मानित गरेका हुन् ।
महिलातर्फ ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी बिष्टले तीनवटा तौल समुहका सवै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरु समेत तोड्न सफल भएकी थिइन् । अहिलेसम्म कुनैपनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई गोल्डमेडल सहितको उपाधि दिलाएकी हुन् ।
नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रुपमा चिनिन्छ । खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पदक भित्र्याइरहेका छन् । अहिलेसम्मका अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरुमा आफ्नै स्रोत साधन र खर्च जुटाएर खेल्दै आएको नेपाली टोलीले सरकारहरुबाट सहयोग नपाइएको जनाइएको छ ।

हालसम्म ४४ वटा जिल्लाहरुमा एशोसिएन गठन गरेर स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेललाई अघि बढाउने प्रयास गरिरहेको भएपनि सरकारले खेलाडीहरुलाई गर्नुपर्ने आवश्यक प्रोत्साहन गर्न नसकेको सुनसरी स्ट्रेन्थलिफ्टिङ एशोसिएसनका सचिव विजयसिंह थेबेले गुनासो गरे ।
खेलाडीहरुले लगातार आफ्नो खर्चमा गएर देशका लागि मेडल प्राप्त गरेर देशको नाम उचा बनाएको भएपनि तीन तहका सरकारहरुले उनीहरुलाई प्रोत्साहनसम्म पनि गर्न नसकेको दुखेसो पोखे ।

सुन्दरहरैंचाकी बिष्टले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समुह अन्तरगत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगीतामा उनले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् ।
उनले प्राप्त गरेको स्वर्ण पदकले नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी खेललाई अन्तर्राष्ट्रियकरण गर्न त्यतिबेला महत्वपूर्ण योगदान गरेको थियो । दीपाले यसपटक पनि आइबीपीतर्फ सवैभन्दा ठुलो उपाधि हात पारिन् । तर उनी प्रदेश सरकारले बर्षेनी गर्ने खेलाडी सम्मानमा भने सरकारको नजरमा पर्न सकेकी छैनन् ।
आइबीपीमा अहिलेसम्म ७२ दशमलव ५ केजी माथिको तौलमा अन्तर्राष्ट्रिय रेकर्ड नरहेको जानकारी दिंदै उनले ९० केजी उचालेर किर्तिमान कायम गरेकी हुन् ।
इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल जिम तथा फिटनेश क्लवहरुमा छातीको शारिरीक अभ्यासगर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर दुवै हातले तौललाई माथि उचाल्ने क्षमता प्रदर्शन गरिने खेल हो । यो खेलमा प्रतिष्पर्धामा उत्रिने खेलाडीले आफुले उठाउने तौडलाई शरिरको पछाडिबाट उठाउनु पर्ने नियम रहेको छ । तौल उठाउनुअघि ३ सेकेण्डसम्म छातीमा अड्याउनु पर्ने र त्यसपछि मात्रै तौत उचाल्नुपर्ने र बिस्तारै तौडलाई राख्नुपर्ने भएकोले निकै कठिन खेल रहेको सिल्भर मेडलप्राप्त खेलाडी कविर भगत प्रधानाङ्गले बताए ।

‘हामीले आफ्नो प्रयासमा देशको नाम राख्दै आएका छौं, यो खेललाई छोटो समयमै लोकप्रिय बनाएका छौं’ सुनसरी स्टे«न्थलिफ्टिङ एसोसिएशनका अध्यक्ष समेत रहेको प्रधानाङ्गले भने, ‘खेलकुदमन्त्रीले १०औं राष्ट्रिय खेलकुदमा पनि यो खेललाई समेट्ने प्रतिवद्धता जनाउनु भएकोले केही आशावादी भएका छौं ।’ उनले कोशी प्रदेश सरकारले भने अन्तर्राष्ट्रिय मेडल प्राप्त गर्दा समेत अहिलेसम्म खेलाडीहरुलाई नसम्झिएको भन्दै गुनासो गरे ।
‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी बिष्टले आफ्नो निजी खर्चमा हैदरावाद गएर खेल प्रदर्शन गरेको बताइन् । उनले मेहनतका साथ खेल प्रदर्शन गरेका कारण देशका लागि मेडल ल्याउन सफल भएको बताइन् ।

‘मैले ९० केजी तौल लिफ्टिङ गरेर यो उपाधि प्राप्त गरेको हो, अहिलेसम्म ७२ केजीमाथि महिला प्रतिपष्पर्धीहरुले उठाउन सकेका छैनन्’ उनले भनिन्, ‘८५ केजी उचालेपछि गोल्ड मेडल प्राप्त गरें, त्यसपछि आफ्नै रेकर्डमा थप रेकर्ड कायम गर्ने सोच बन्यो, अनि ९० केजी उचालेर वल्र्ड स्ट्रोङगेस्ट वुमन टाइटल जित्न सफल भए“ ।’
विश्वमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल भारतको कलकत्ताबाट सुरु भएको मान्ने गरिएको छ । सन् २००४ मा सुरु भएको यो खेल भारतमा लोकप्रिय खेलका रुपमा विकास हु“दै गएर अहिले नेपालमा पनि विस्तार भइरहेको जनाइएको छ ।
विश्वमा अहिलेसम्म २० वटाभन्दा बढि देशहरुमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल औपचारिक रुपमा खेलिन थालेको जनाइएको छ । नेपालमा भने सन् २०२१ देखिमात्रै यो खेल सुरु भएको हो ।
हैदरावादमा सम्पन्न १०औं च्याम्पियनसिपमा भने नेपालले कुल १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दमक,माघ ८।  लायन्स क्लब अन्तर्राष्ट्रिय डीस्ट्रीक्ट ३२५ सी को बिशेष अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमक स्थित दमक अस्पतालमा सुबिधासम्पन्न आइसियु निर्माण हुनेभएको छ । लयान्स डिस्ट्रीक्ट ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आइसियु […]

काठमाडौं,७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । पार्टी एकताको कुरा गरे संगै दुवै पार्टीमा हलचल मचिएको छ । शनिबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिले टुट, फुट र एकीकरणको पक्षमा नरहेको बताएका थिए । […]

काठमाडौँ ,७ माघ ।  कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यस बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकका रूपमा मान्यता पाएको थियो । बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ्य, बैंकको प्रतिष्ठा र […]