२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

डा. कोइरालाको पहलमा फिरोज राजनीतिमा पुनःसक्रिय

Logo
दिनेश खड्का प्रकाशित शुक्रबार, माघ १२, २०८०

विराटनगर, पुष १२
फिरोज साह मोरङ क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको लागी गत ७९को निर्वाचनमा उठेका एक स्वतन्त्र उम्मेदवार हुन् । उनी निर्वाचन अघि का‍ंग्रेसमा रहि सक्रिय राजनीति गरिरहेका थिए । नेपाली कांग्रेसमा आफ्नो जिवनको १८ वर्ष फिरोजले बिताईसकेका छन् । ७९ को निर्वाचनमा पार्टिले कतैको पनि टिकट नदिएपछि उनी आफ्नै क्षेत्रमा स्वतन्त्र उठे ।

स्वतन्त्र उठेका साह ७९को निर्वाचनमा हारे । विद्रोह गर्नु मात्र आफ्नो उद्देश्य रहेकाले हारे पनि आफुले उम्मेदवारी दिएर उद्देश्य प्राप्त गरेको फिरोजको भनाई छ । चुनावपछि साह स्वतन्त्र रहेर समाजसेवा र राजनीति गर्ने निधोमा पुगे ।
एकवर्षसम्म स्वतन्त्ररुपमा राजनीतिक तथा समाजिक कार्यमा फिरोज लागीरहे । त्यसपछि उनको एकाएक कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालासँग भेट भयो, १८ वर्षसम्म काग्रेस भनेर हिडेको मान्छे, राजनीतिकरुपमा टुहुरो भएर हिडेको देखेर फिरोजको हात कोईरालाले समाउने निधो गरे । अब फिरोजलाई गहन जिम्मेवारी दिएर पार्टीको कार्यमा सक्रिय बनाउने डा.कोईरालाको तयारी छ ।

नेता कोइरालाको यो कदमले फिरोज पुन पार्टीगत राजनीति गर्नतर्फ उत्साहित बनेका छन् । कोईरालासँग भेटेपछि फेरि पनि पार्टीको लागी केही गर्ने जोशजागर ब्यूइतिएको फिराज सुनाउँछन् । पार्टिले जिम्मेवारी दिएकाे खण्डमा थप उर्जाका साथ राजनीतिमा होमिने फिराेजले डा.काेईराला सामु प्रतिबद्धता समेत व्यक्त गरेका छन्। डा. काेईरालाई भेटेपछि फिराेजले  पार्टीगत क्रयाकलाप भने शुरु गरिसकेका छन् ।
डा.कोईराला पछिल्लो समय काग्रेसबाट बिरक्तिएकालाई उपयुक्त जिम्मेवारी दिलाई पार्टिमा फर्काउने अभियानमा होमिएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]