०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राजतन्त्र पुर्नस्थापना नभएसम्म संघर्ष जारी रहनेछ : बल्लभ दाहाल

Logo
निरज बस्नेत

विराटनगर, फागुन ८
राजतन्त्र पुर्नस्थापना नभएसम्म संघर्ष जारी रहने एकीकृत राष्ट्रिय संघर्ष समितिका संस्थापक अध्यक्ष बल्लभ प्रसाद दाहालले विराटनगरमा सोमवार आयोजित एक कार्यक्रममा उद्घाेष गरेका छन् । सन्दर्भ , पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको ७४औं जन्मोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवस रहेको थियो । यसै कार्यक्रममा आफ्नो धारणा राख्दै दाहालले भने “हामी हिंसामा विश्वास गर्देनौं । हामी अहिंसावादी हौं । एकीकृत राष्ट्रिय संघर्ष समिति तवसम्म रहन्छ , जवसम्म राजतन्त्र पुर्नस्थापना हुदैन ।”

राजतन्त्र पुर्नस्थापना भएपछि त संघर्ष समितिको औचित्यनै सकिन्छ , दाहालले भनेका छन् । यस्तैगरी एकीकृत संघर्ष समितिको निर्णायक आन्दोलन अव राजा ल्याउने गरी हुने कुरा दाहालले सो कार्यक्रममा बताएका थिँए । कार्यक्रममा नेपाल विद्दत परिषद्का केन्द्रिय अध्यक्ष जीतबहादुर अर्जेल , पूर्वमन्त्री बद्री प्रसाद मण्डल , एकीकृत राष्ट्रिय संघर्ष समितिका वरिष्ठ सचिव पुष्पराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]