०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राजतन्त्र पुर्नस्थापना नभएसम्म संघर्ष जारी रहनेछ : बल्लभ दाहाल

Logo
निरज बस्नेत

विराटनगर, फागुन ८
राजतन्त्र पुर्नस्थापना नभएसम्म संघर्ष जारी रहने एकीकृत राष्ट्रिय संघर्ष समितिका संस्थापक अध्यक्ष बल्लभ प्रसाद दाहालले विराटनगरमा सोमवार आयोजित एक कार्यक्रममा उद्घाेष गरेका छन् । सन्दर्भ , पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको ७४औं जन्मोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवस रहेको थियो । यसै कार्यक्रममा आफ्नो धारणा राख्दै दाहालले भने “हामी हिंसामा विश्वास गर्देनौं । हामी अहिंसावादी हौं । एकीकृत राष्ट्रिय संघर्ष समिति तवसम्म रहन्छ , जवसम्म राजतन्त्र पुर्नस्थापना हुदैन ।”

राजतन्त्र पुर्नस्थापना भएपछि त संघर्ष समितिको औचित्यनै सकिन्छ , दाहालले भनेका छन् । यस्तैगरी एकीकृत संघर्ष समितिको निर्णायक आन्दोलन अव राजा ल्याउने गरी हुने कुरा दाहालले सो कार्यक्रममा बताएका थिँए । कार्यक्रममा नेपाल विद्दत परिषद्का केन्द्रिय अध्यक्ष जीतबहादुर अर्जेल , पूर्वमन्त्री बद्री प्रसाद मण्डल , एकीकृत राष्ट्रिय संघर्ष समितिका वरिष्ठ सचिव पुष्पराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]