१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

फागुन १६बाट विराटनगरमा एमपिएल

Logo
संवाददाता जनचर्चा

विराटनगर ।  फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगरमा  मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । आयाेजक नेपाल अग्रवाल युवा मञ्चले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियाेताबारे जानकारी गराएको हो । १० औं संस्करणको साे एमपिएल विराटनगरमा २मा रहेकाे शंकरपुरको खेल मैदानमा हुने आयाेजकले जनाकारी दिएकाे छ ।

एमपिएलमा नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्चको पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसवी टाइटन टिम गरी पाँच टोलीको सहभागिता रहने अध्यक्ष मनिष अग्रवालले जानकारी दिए । विजयी टिमलाई नगद ६१ हजार रुपैयाँको साथै ट्रफि, मेडल र प्रमाणपत्र प्रधान गर्ने आयाेजकले व्यवस्था मिलाएकाे छ । त्यस्तै उपविजेताले २१ हजार रुपैयाँ साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताभरी सबै खेलका उत्कृष्ट व्याट्सम्यान, बलर, म्यान अफ द म्याचलाई पनि आयाेजकले पुरस्कृत गर्ने भएकाे छ । प्रतियोगिताभरी सबै खेलका उत्कृष्ट व्याट्सम्यान, बलर, म्यान अफ द म्याचलाई पनि पुरस्कार दिने तयारी गरिएकाे छ । त्यसैगरी  प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत आयाेजकले विशेष पुरस्कार दिने भएकाे छ ।

पत्रकार सम्मेलनमा नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, एमपियल चियरमेन अभिषेक केडिया, एमपियल १०औं संस्करणका मुख्य संयोजक चेतन अग्रवाल, संयोजक अंकुर कनोडिया र संयोजक निशान्त अग्रवालको सहभागिता रहेको थियो ।

प्रतियोगिता आयाेजनाका लागी  ११ लाख खर्च हुने आयोजककाे अनुमान छ ।  साे प्रतियोगितालाई आनन्द ईट्टा, रमपम चाउचाउ, सेन्चुरियन, बाग्मती, लक्ष्मी सनराइज बैंक र मेट लाईफ इन्सुरेन्सले स्पोन्सर गरेका छन् । प्रतियोगिताको गत वर्षको विजेता महेश्वरी युवा मञ्चको प्रिमियर ११ रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]