०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

एमपिएलकाे पुर्वसन्ध्यामा विराटनगरमा वृहत बाईक र्‍याली

Logo
जनचर्चा संवाददाता

विराटनगर, फागुन १५ । बुधबारबाट विराटनगरमा शुरुहुन लागेकाे मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियाेगिताकाे पुर्वसन्ध्यामा वृहत माेटरसाईकल र्‍याली निकालिएकाे छ। मंगलबार आयाेजक नेपाल अग्रवाल युवा मञ्चले निकालेकाे उक्त र्‍यालीमा ५० भन्दाबढी माेटरसाईकलकाे सहभागीता रहेकाे थियाे । र्‍यालीकाे अग्रपंक्तीमा एमपिएलकाे कप समेत प्रदर्शनी गरिएकाे थियाे । विभिन्न टिमकाे जर्सि पहिरीएका सहभागीहरुले एमपिएलकाे ब्यानर र भण्डा  र्‍यालीमा प्रदर्शन गरेका थिए ।
विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा बुधबारदेखि १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । विराटनगरमा एमपिएलकाे वृहत प्रचारप्रसारकाे लागी एमपिएलकाे पुर्वसन्ध्यामा मोटरसाइकल र्‍याली निकालिएको आयोजक समितिका चेयरमेन अभिषेक केडियाले जानकारी गराएका छन् । विराटनगरको मारवाडी सेवा सदनबाट शुरु भएकाे मोटरसाइकल र्‍याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै क्रिकेट प्रतियोगिता आयोजना स्थलमा पुगेर समापन भएको थियो ।

बुधबार रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले बिहान ७ बजे एमपिएलकाे उद्घाटन गर्ने कायक्रम तय भएकाे छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहेका छन् ।
मंगलबार मोटरसाइकल र्‍यालीमा नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, प्रतियोगिता आयोजक समितिका चेयरमेन अभिषेक केडिया, मुख्य संयोजक चेतन अग्रवाल, संयोजक अंकुर कनोडिया, संयोजक निशान्त अग्रवाल, स्पोन्सर राजेश बगडिया, राजनैतिक एवं समाजसेवी पवन सुराना लगायत १ हजार भन्दा बढि सर्वसाधारणको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]