०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Logo
जनचर्चा संवाददाता

काठमाडौं, २३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिवसमेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् ।

सरकारमा तीन जना उपप्रधानान्त्री छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री बनेका छन् । यसअघि गृहमन्त्री रहेका श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रीको शपथ लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । गत वर्ष एक महिनामै गृह मन्त्रालयबाट बाहिरिएका लामिछानेको गृहमा यो दोस्रो पुनरागमन हो ।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने मन्त्रीहरू पठाएको छैन । यद्यपी सरकारमा सहभागी भएका दलहरुको संख्याले पनि प्रधानमन्त्रीलाई बहुमत भने जुटेको छ ।

प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० जना सांसदको सरकारलाई समर्थन पुगेको छ । जसपाको १२ सांसदको समर्थन पनि सरकारलाई रहेकोले प्रधानमन्त्रीको पक्षमा १५३ सांसद हुनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]