१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा, बिहिबार उद्घाटन

Logo
जनचर्चा संवाददाता

विराटनगर,१४ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चैत १५ देखि२४ गतेसम्म विराटनगरको शहिद मैदान सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशी झण्डै आधा घटाएको छ । बिजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको बिजतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष विजेतालाई ९ लाखा १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी घटाएको हो । गत वर्षको गोल्डकपमा आयोजकलाई ८७ लाख १ हजार ४८ रुपैयाँ घाटा भएको थियो ।

उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) बीच हुनेछ । दुवै टोली प्रतियोगिताको पूर्व विजेतासमेत हुन् ।

विभागीय पुलिस क्लबले २०५९ र २०६० सालको संस्करणको महेन्द्र गोल्ड कप र २०७२ सालको विराट गोल्ड कपको उपाधि जितेको छ । भुटानको थिम्पु एघारले महेन्द्र गोल्ड कप २०३१ सालको संस्करणको उपाधि जितेको थियो ।

आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार गोल्डकपमा घरेलु टोली संग्रीला मोरङ फुटबल क्बल र पाहुना टिम भारतको सिक्किम ड्रेगानलाई बाइ दिएर क्वाटर फाइनलमा राखेको छ । समूह ‘ए’ बाट १७ चैतमा घरेलु टिमले समूह उद्घाटन खेलमा बिजेता हुने टिमसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ । १८ चैतमा हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभूवन आर्मी फुटबल क्बल र एनआरटी फुटबल क्लब काठमाण्डौं बीच शुक्रबार हुने बिजेता टिमसँग बाइ पाएर समूह बी बाट भारतको सिक्मि डे«गानले प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ । समूह ‘बि’ मा भारतको सिक्किम ड्रेगान, त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब र कोलकत्ताको साउर्थन समिति एफसि रहेको छ ।

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।

साँझको ६ बजे बजेदेखि सुरू हुने गोल्डकपको २, ३ र ५ सय रूपैयाँ टिकक रहेको छ । प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ हुनेछ । गतवर्षको सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।

गत वर्ष सातौं संस्करणको आयोजक समिति संयोजक विराटनगर महानगरका मेयर नागेश कोइराला थिए । त्यसअघि उद्योगी व्यवसायी राजेन्द्र राउत, नवीन रिजाल र मनोज विक्रम शाहले प्रतियोगिता आयोजना गर्दा नाफाको रकम ट्रस्टलाई दिएका थिए । उनीहरूले बुझाएको रकममध्ये ट्रस्टको खातामा अझै १३ लाख ५ हजार मौज्दात छ ।

यस वर्ष उद्योगी, व्यवसायी र महानगर प्रतियोगिता आयोजक संयोजक बन्न नमानेपछि ट्रस्ट आफैंले गोल्डकप गर्न लागेको हो । ट्रस्ट स्रोतका अनुसार फुटबलसँग चासो राख्ने यहाँका हरेक उद्योगी, व्यवसायीसमक्ष प्रतियोगिता आयोजकको संयोजक बन्न ट्रस्टका पदाधिकारीले हारगुहार गरे । कोही पनि संयोजक बन्न तयार नभएपछि ट्रस्ट पुरस्कार राशि घटाएर भए पनि प्रतियोगिताको आयोजना गर्न बाध्य भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]