०७ जेठ २०८३, बिहिबार
21-05-2026 , Thu
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि

Logo
जनचर्चा संवाददाता

विराटनगर ,१५ चैत । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्स क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए ।

प्रतियोगिताको प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार १ सय रुपैयाँ पाउँनेछन् । फाइनलमा बेस्ट स्कोर र म्यान अफ श्रीरिज हुने खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्दा करिब पाँच लाख खर्च हुने अनुमान आयोजकको छ ।
आयोजकले खेल तालिका पनि सार्वजानिक गरेको छ ।

समूह ‘क’ मा ग्रामथान, उर्लाबारी, जनता, मिल्स भेट्रान्स ‘ए’ र गछिया भेट्रान्स फुटबल क्बल रहेको छ । समूह ‘ख’ मा हाम्रो इटहरी, साविक बिजेत दमक लखनपुर भेट्रान्स क्लब, मिल्स भेट्रान्स ‘बी’, मर्निङ र हाम्रो धरान भेट्रान्स फुटबल क्लब रहेको छ । प्रथम संस्करणको मिल्स भेट्रान्सको झापा दमकको लखनपुर भेट्रान्स फुटबल क्बलले उपाधि जित्दा विराटनगरको हाटखोला भेट्रान्स क्लब उपबिजेता भएको थियो ।

प्रतियोगितामा दुई जना खेलाडी अनिवार्य ५० वर्ष पुरा भएको हुनेपर्ने र अन्य ९ जना खेलाडीहरु ४० वर्ष पुगेको हुनुपर्ने नियम आयोजकको रहेको छ । मिल्स भेट्रान्स फुटबल क्बलले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुल अध्ययरत बालवालिकाहरुलाई प्रशिक्षण दिदै आएको छ । ‘यो प्रतियोगिताबाट मुनाफा भएको रकम नयाँ खेलाडी उत्पादन र खेलकुद क्षेत्रको विकासमा खर्चिनेछौं,’ अध्यक्ष थापाले भने । मिल्स भेट्रान्सले प्रत्येक वर्ष नियमित तालिका अनुसार गर्दै आएको प्रतियोगिता हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]