०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

मच्छिन्द्र विराट गोल्डकपकाे फाइनलमा

Logo
जनचर्चा संवाददाता

विराटनगर,चैत २३। आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलाँगको उपाधि भिडन्त पक्का गरेको हो ।

अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णाय गोल गरे । बैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा पु¥याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।

हारपछि सिक्किमा प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएको कारणले सेमिफाइनलमा हार भएको बताए । ‘निर्धारित ९० मिनेटपछि थप गरिएको समयको अन्तिम एक मिनेट लेफसाइट कमजोर हुँदा गोल खानुपर्यो । त्यो हाम्रो कमजोरी पक्ष भयो,’ उनले भने, ‘अन्तिम समयमा आएर खेलाडीहरु समालिन नसक्दा पराजय भोग्नुपरो ।’
जितपछि पोस्ट म्याच कन्फ्रेन्समा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएको कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए । ‘फिनिसिङ पक्ष हाम्रो सोचेजस्तो भएन । त्यसैले खेल लम्भिएर जितको लागि अतिरिक्त समयसम्म कुर्नुपर्यो । ’ फाइनलमा विमल घर्तीमगरलाई ल्याउने प्रयास जारी रहेको उनले बताए ।

अन्तिम सेमिफाइनल खेलमा दुवै टिमको फिनिसिङ पक्ष कमजोर रहयो । सिक्किमका खेलाडी आर्दश तामाङले खेल सुरु भएको नौं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार बाहिरयो । २८ मिनेटमा सिक्किमका आर्दशले गरेको प्रहार बारमाथिबाट बाहिरिएको थियो । ३२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी एनडे«सले डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए । त्यसलगतै एनडे«सले गरेको प्रहार फ्रेममा पर्न सकेन ।

पहिलो हाफको अतिरिक्त समयमा मनिष श्रेष्ठले दिएको लामो प्रहार हिसुप थपिलियाको प्रहार सिक्किम गोलकिपर प्रिसोले उत्कृष्ट बचाए र पहिलो हाफमा मच्छिन्द्रले अग्रता लिने अवसर चुकाए । पहिलो हाफममा दुवै टिमको गोलरहित खेल बराबारी भयो ।
५२ औं मिनेटमा मिच्छिन्द्रका एनडे«सको प्रहार बाहिरियो । मच्छिन्द्रका आयुष घलानले ७८ आंै मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले बिफल पारिदिए । मच्छिन्द्रका विदेशी खेलाडी ओमालाजा करिमले ८५ औं मिनेटमा डिबक्स भित्रबाट गरेको उत्कृष्ट हेडिङ बारमाथिबाट बाहिरिएको थियो । ८९ औं मिनेटमा सिक्किमका आर्दशले डिफेन्डरलाई क्रस गरेर निकालेको बल पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो ।
गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]