०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राजा र राजसंस्था फर्किन असम्भव : देउवा

Logo
जनचर्चा संवाददाता

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब नेपालमा राजा र राजसंस्था फर्किन असम्भव रहेको बताएका छन् । आइतबार स्वर्गीय सूर्यबहादुर थापाको स्मृति सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र र राजा फर्किन सम्भव नरहेको दाबी गरेका हुन् । सरकारमा को छ, को छैनभन्दा पनि संसारभर लागू भएको बहुदलीय व्यवस्था नेपालमा अझ सुदृढीकरण गरेर लैजानुपर्ने उनको भनाइ छ ।

‘को सरकारमा छ, को सरकारमा छैन भन्दा पनि अहिलेको महत्वपूर्ण कुरा के छ भने यो बहुदलीय व्यवस्था आएको छ । यसको सदृढीकरण आवश्यक छ । संसारभरी लागू भएको बहुदलीय व्यवस्था नेपालमा पनि लागू भएको छ । यसलाई अझ सुदृढ गर्दै जानुपर्छ,’– सभापति देउवाले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फ लक्षित गर्दै उनले केही मानिसहरु राजा फर्काउँछौं भन्दै हिँडेपनि त्यो असम्भव रहेको बताए । सभापति देउवाले वर्तमान व्यवस्थामा धेरै कुरा सुधारको गर्नुपर्ने आवश्यकता पनि औंल्याए । अहिलेकै निर्वाचन प्रणालीमा एकै पार्टीको बहुमत वा दुई तिहाइ सम्भव नभएकाले सुधार गर्नुपर्ने कुरालाई सहमतिमै टुङ्ग्याएर वर्तमान व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने उनको भनाइ छ ।

‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि फेरि राजा फर्काउन पर्यो भन्दै हिँडेका छन् मान्छेहरु । मलाई लाग्दैन राजा फर्किन्छ भनेर । यही व्यवस्थालाई सर्वस्वीकार्य बनाएर लैजाऔं । धेरै कुराहरु सुधार गर्नुपर्ने भएपनि यसमा सहमतिविना दुई तिहाइ चाहिन्छ । केही कन्फ्युजन छन् भने पनि यसलाई सुधार गर्ने ठाउँहरु छन् । राजा फर्काउने कुरा असम्भव देख्छु,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]