२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

राजा र राजसंस्था फर्किन असम्भव : देउवा

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब नेपालमा राजा र राजसंस्था फर्किन असम्भव रहेको बताएका छन् । आइतबार स्वर्गीय सूर्यबहादुर थापाको स्मृति सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र र राजा फर्किन सम्भव नरहेको दाबी गरेका हुन् । सरकारमा को छ, को छैनभन्दा पनि संसारभर लागू भएको बहुदलीय व्यवस्था नेपालमा अझ सुदृढीकरण गरेर लैजानुपर्ने उनको भनाइ छ ।

‘को सरकारमा छ, को सरकारमा छैन भन्दा पनि अहिलेको महत्वपूर्ण कुरा के छ भने यो बहुदलीय व्यवस्था आएको छ । यसको सदृढीकरण आवश्यक छ । संसारभरी लागू भएको बहुदलीय व्यवस्था नेपालमा पनि लागू भएको छ । यसलाई अझ सुदृढ गर्दै जानुपर्छ,’– सभापति देउवाले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फ लक्षित गर्दै उनले केही मानिसहरु राजा फर्काउँछौं भन्दै हिँडेपनि त्यो असम्भव रहेको बताए । सभापति देउवाले वर्तमान व्यवस्थामा धेरै कुरा सुधारको गर्नुपर्ने आवश्यकता पनि औंल्याए । अहिलेकै निर्वाचन प्रणालीमा एकै पार्टीको बहुमत वा दुई तिहाइ सम्भव नभएकाले सुधार गर्नुपर्ने कुरालाई सहमतिमै टुङ्ग्याएर वर्तमान व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने उनको भनाइ छ ।

‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि फेरि राजा फर्काउन पर्यो भन्दै हिँडेका छन् मान्छेहरु । मलाई लाग्दैन राजा फर्किन्छ भनेर । यही व्यवस्थालाई सर्वस्वीकार्य बनाएर लैजाऔं । धेरै कुराहरु सुधार गर्नुपर्ने भएपनि यसमा सहमतिविना दुई तिहाइ चाहिन्छ । केही कन्फ्युजन छन् भने पनि यसलाई सुधार गर्ने ठाउँहरु छन् । राजा फर्काउने कुरा असम्भव देख्छु,’– उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]