२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

वीरगंजमा एक छात्रामाथि एसिड प्रहार

एक पक्राउ, एक फरार
Logo

वीरगंज, भाद्र २०
वीरगंजमा एक छात्रा माथि एसिड प्रहार भएको छ । स्थानीय त्रिभुवन हनुमान मावी कक्षा ९ मा पढ्ने छाप्कैयाकी मुस्कान खातुनमाथि दुई युवाहरुले एसिड प्रहार गरेको खुल्न आएको छ ।

संसाद आलम

शुक्रवार विद्यालय जाने क्रममा बिहानको करिब साढे ६ बजे ति युवाहरुले मस्कानमाथि एसिड प्रहार गरेका थिए ।
एसिड प्रहारबाट गम्भीर घाइते भएकी मुस्कानको हाल वीरगन्ज स्थित नारायण अस्पतालमा उपचार भईरहेको छ । युवक द्वयले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरी फरार भएका थिए । मुस्कानको एसिड प्रहारबाट शरीरको एकतर्फको भाग पुरै जलेको छ ।

एसिड प्रहार गर्ने मुख्य व्यक्ति १६ वर्षिय संसाद आलमलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । संसादका सहयोगी १७ वर्षिय माजिद आलम भने फरार छन् । फरार मजिदको भने खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएकोे छ ।
घटनामा संलग्न दुबै युवा पिडितका छिमेकी रहेको पिडितका आफन्तजनले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]