०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा बढ्यो भिडियो गेमको आकर्षण, हाईडआउटमा गेम खेल्नेको लर्को

Logo
निराज बस्नेत र दिनेश खड्का

विराटनगर, वैशाख ५ । विराटनगरको आधुनिक भिडियो गेम पार्लर हाईडआउट गेमीङ जोनमा बालबालिका तथा किशोर–किशोरीहरुको आकर्षण बढेको छ । कञ्चनवारीको एयरपोर्ट रोड नहरपारी रहेको सो भिडियो गेम पार्लरमा भिडियो गेम खेल्नेको शंख्या दिनदिनै बढ्दै गएको संचालक अमुल आचार्य बताउँछन् । हाईडआउटमा दैनिक ४० जनासम्मले गेम खेल्ने र  दैनिक ८ घण्टसम्म भिडियाे गेमहरु अकुपाईड रहने आचार्यकाे भनाई छ । विशुद्ध भिडियो गेमिङको लागी विराटनगरको यो एक मात्र पार्लर हो ।

यस गेम पार्लरमा ७ वटा गेमहरु राखिएको छ । जसमा फीफा, जिटिए, टेकन, स्याडो आफ दि वार आदि रहेका छन् । हाललाई २ वाट प्ले स्टेशनमा पार्लरले गेमिङ गराईरहेको छ । पहिलो प्लेस्टेशनमा ५५ इन्चको स्क्रिन राखिएको छ भने आर्कोमा ४३ ईन्चको स्क्रिन छ । पार्लरको क्षेत्रफल करिब ७०० वर्गफिटको रहेको छ । निकट भविष्यमै थप ५ वटा प्लेस्टेशन, एक दर्जनबढी गेम र पार्लरको क्षेत्रफलपनि बढाउने संचालक आर्चायको योजना छ ।

हाईडआउटमा हाललाई न्युनत्तम १ रुपैयाँ प्रति मिनेटमा एक व्यक्तिले जुनसुकै गेमको पनि मज्जा लिन सक्नेछ । यँहा फुटबल लगाएतका खेलहरु एकैपटकमा ४ जनासम्मले खेल्नसक्ने व्यवास्था मिलाईएको छ । पारिवारिक वातावरण रहेको सो पार्लरमा किशोर किशोरीका साथै अभिभावकले समेत आफ्नो बालबालिककालाई भिडियो गेम खेलाउन ल्याउने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]