११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

प्रहरीलाई हराउँदै पेमा युवा क्लब फाइनलमा

चौथो मिल्स गोल्डकप
Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख १३ । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो ।
जितँसगै पेमा युवा क्लबले शनिबार हुने फाइनलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरी सँग खेल्नेछ ।
जितको लागि पेमा युवा क्बलको तर्फबाट मिलन राई, समिर राई र कुलदिप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्तवना गोल उज्जल राईले फर्काए ।

खेलको २९ औं मिनेटमा प्रहरीका उज्जल राईले गोल गर्दै अग्रता दिलाएका थिए । तर, प्रहरीको अग्रता १४ मिनेट पनि टिक्न सकेन । दोस्रो हाफदेखि पेमा युवा क्बलले आक्रमक खेल्दै ४३ औं मिनेटमा डिबक्स भित्रबाट मिलन राईले हेडमार्फत आकर्षक गोल गर्दै खेल बराबारीमा ल्याए । ६१ औं मिनेटमा पेमाका समिर राईले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफपछि सौरव लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका समिरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदिप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।
प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]