२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ

Logo
जनचर्चा संवाददाता

विराटनगर, १४ वैशाख
रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
यस्तै साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र कोषाध्यक्षमा अस्मिता तामाङ चयन भएका छन् । सदस्यहरुमा अर्जुन भुजेल, शक्तिकुमार झा, बुद्धि तामाङ, नमिरा शेख, गौतमकुमार मण्डल रहेका छन् ।
साधरणसभामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ, संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक ज्ञानेन्द्रबहादुर विश्वकर्मा, जिल्ला खेलकुद विकास समिति मोरङका सदस्य सरस्वती घिमिरेलगायतको उपस्थिति थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]