११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ

Logo
जनचर्चा संवाददाता

विराटनगर, १४ वैशाख
रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
यस्तै साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र कोषाध्यक्षमा अस्मिता तामाङ चयन भएका छन् । सदस्यहरुमा अर्जुन भुजेल, शक्तिकुमार झा, बुद्धि तामाङ, नमिरा शेख, गौतमकुमार मण्डल रहेका छन् ।
साधरणसभामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ, संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक ज्ञानेन्द्रबहादुर विश्वकर्मा, जिल्ला खेलकुद विकास समिति मोरङका सदस्य सरस्वती घिमिरेलगायतको उपस्थिति थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]