१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

प्रधानमन्त्रीले साेमबार विश्वासको मत लिने

Logo
जनचर्चा संवाददाता

काठमाडौँ,७ जेठ / प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आधारमा दुई घण्टाका लागि छलफलको समय तोकिएको छ।
छलफलपछि सभामुखले विश्वासको मतलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। पक्ष र विपक्षमा दस्तखतसहितको मत विभाजनबाट निर्णय हुनेछ। पक्षमा बहुमत पुगे उनले संसद्बाट विश्वास पाउनेछन् ।

कुल २७५ सदस्यीय संसदमा हाल कायम २७४ सदस्य छन् । बहुमत पुग्न १३८ मत आवश्यक पर्छ। फागुन २१ गतेपछि बनेको नयाँ गठबन्धनमा नेकपा एमाले ७९, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० २१, जनता समाजवादी पार्टी ९जसपा० १२, नेकपा एकीकृत समाजवादी ९नेकपा एस० १० गरी १५४ सांसद छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]