२२ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

बूढानिलकण्ठले मनायाे बुद्ध जयन्ती (फाेटाे फिचर सहित)

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, जेठ १२, २०८१

विराटनगर, जेठ १२ ।  विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ सकेण्डरी ईङ्गलिस स्कुलले २५६८ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाएकाे छ । बुद्घ जयन्तीकाे अवसरमा बिहिबार विद्यालयकाे प्राङ्गणमा आयाेजना गरिएकाे विषेश कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा तीन सम्मका स–साना बालबालिकाहरुले बुद्ध तथा भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए ।कार्यक्रममा कक्षा ६ का छात्र अनुभव पौडेल र कक्षा १० की छात्रा श्रीशा नेपालले बुद्धको जीवनीसँग सम्बन्धित कविता वाचन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्धले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देशहरु रचनात्मक ढंगले  प्रस्तुत समेत गरेका थिए । साेही कार्यक्रममा कक्षा ८, ९ र १० का छात्राहरुले ‘ फूलको आँखामा ’ बोलको र कक्षा ९ का छात्रहरुले ‘धर्म’ बोलको गीत गाएका थिए  । कक्षा ५, ६ , ७ र ८ का छात्राहरुले ‘ बुद्धम् शरणम् गच्छामी ’ बोलको गीतमा नृत्य र कक्षा ९ का छात्राहरुले  ‘यही हो मेरो देश नेपाल’ बोलको गीतमा रहेको नृत्य पनि प्रस्तुत गरेक थिए ।
उक्त कार्यक्रममा विषेश भुमिका निर्वाह गर्नुहुने नृत्य प्रशिक्षक दिपेन्द्र थापा तथा शिक्षिका मन्जु श्रेष्ठ र अस्विना भट्ट लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मणी राज भट्टराईले धन्यवाद व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]

विराटनगर, भाद्र २८ – देशको  पुरानो र भरपर्दो शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसाेसियट्सले मंगलबार विराटनगरमा आफ्नो ११औं शाखाको उद्घाटन गरेको छ। उद्घाटनकै अवसरमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको लागि ग्लोबल एक्स्पोको पनि आयोजना गरिएको थियो। संसारीमाई स्थान नजिक रहेको कन्सल्टेन्सी भवनमा आयोजित कार्यक्रममा विदेश अध्ययनमा रुचि राख्ने ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। […]