१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बूढानिलकण्ठले मनायाे बुद्ध जयन्ती (फाेटाे फिचर सहित)

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ १२ ।  विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ सकेण्डरी ईङ्गलिस स्कुलले २५६८ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाएकाे छ । बुद्घ जयन्तीकाे अवसरमा बिहिबार विद्यालयकाे प्राङ्गणमा आयाेजना गरिएकाे विषेश कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा तीन सम्मका स–साना बालबालिकाहरुले बुद्ध तथा भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए ।कार्यक्रममा कक्षा ६ का छात्र अनुभव पौडेल र कक्षा १० की छात्रा श्रीशा नेपालले बुद्धको जीवनीसँग सम्बन्धित कविता वाचन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्धले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देशहरु रचनात्मक ढंगले  प्रस्तुत समेत गरेका थिए । साेही कार्यक्रममा कक्षा ८, ९ र १० का छात्राहरुले ‘ फूलको आँखामा ’ बोलको र कक्षा ९ का छात्रहरुले ‘धर्म’ बोलको गीत गाएका थिए  । कक्षा ५, ६ , ७ र ८ का छात्राहरुले ‘ बुद्धम् शरणम् गच्छामी ’ बोलको गीतमा नृत्य र कक्षा ९ का छात्राहरुले  ‘यही हो मेरो देश नेपाल’ बोलको गीतमा रहेको नृत्य पनि प्रस्तुत गरेक थिए ।
उक्त कार्यक्रममा विषेश भुमिका निर्वाह गर्नुहुने नृत्य प्रशिक्षक दिपेन्द्र थापा तथा शिक्षिका मन्जु श्रेष्ठ र अस्विना भट्ट लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मणी राज भट्टराईले धन्यवाद व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]