०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

तत्काल एकताको सम्भावना छैन : नेपाल

Logo
जनचर्चा संवाददाता

काठमाडौं ,२७ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । एकीकृत समाजवादी कोशी कमिटीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपालले विगतको समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना नरहेको बताएका हुन् । उनले ओली एकीकृत समाजवादीप्रति सकारात्मक बन्न नसकेको बताए ।

‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पजिटिभ छ, तपाईंको पनि यस्तै पजिटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नुहुँदैन । किनभने, हिजोको कुरा पनि बिर्सौँ, ठीक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगरे पनि त्यो देखिएको छैन,’ नेपालले भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सकारात्मक रहेको बताए । सुदूरपश्चिममा मुख्यमन्त्री दिन पनि प्रचण्डले सकारात्मक भूमिका खेलेको उनले बताए । केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने भएकाले मधेशमा मुख्यमन्त्रीसमेत अस्वीकार गरेको उनले दाबी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]