२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सरकार परिवर्तनका लागी केन्द्र कुर्दै प्रदेश

Logo
जनचर्चा संवाददाता

विराटनगर,२० असार । केन्द्रीय राजनीतिक समीकरणमा आउन लागेको फेरवदलको असर प्रदेश तहमा पनि सुरु हुन थालेको छ। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्ने सहमति जुटेपछि प्रदेश तहमा पनि हलचल सुरु हुन थालेको हो।
कुनै भवितब्य नपरे कोशी प्रदेशमा कांग्रेस प्रवेश गर्दैछ । सहमतिका आधारमा तत्काल मुख्यमन्त्री हिकमत कार्कीले नै सरकारको नेतृत्व लिने छ । आलोपालोको अवस्था पनि आउन सक्ने आंकलन गरिएको छ ।

हाल एमाले नेतृत्वको सरकारमा माओवादी महत्वपूर्ण मन्त्रालयका साथमा छ । नयाँ सत्ता समिकरणका आधारमा कोशी प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री कार्की बताउछन् । माओवादीका मन्त्रीहरुलाई सत्ता समिकरणको अवस्थालाई मध्यनजर गर्दै बाटो खुल्ला गर्न आग्रह गर्नेमा एमाले छ । सम्वन्ध स्रोतका अनुसार माओवादीले सम्हालेका मन्त्रालयमा कांग्रेसकालाई सहभागी गराइने छ । यसका लागि आन्तरिक तयारी भइरहेको सम्वन्ध नेताहरुको भनाई छ ।

कांग्रेस र एमाले मिल्दा प्रदेश संसदमा भारी बहुमत हुन्छ । कांग्रेसको २९ र एमालेबाट ४० सांसद छन् । नेपाली कांग्रेसले पनि नयाँ सरकार गठनको बारेमा केन्द्रको निर्देशन कुर्ने भएको छ। नयाँ समीकरण अनुसार प्रदेशमा सरकार बन्ने तर माथिको निर्णय मान्दै अगाडि बढ्ने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा उद्धव थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]