१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

पोखरियामा निर्धारित सीट भन्दा दोब्बर विद्यार्थीहरूले दिए प्रवेश परिक्षा

Logo
जनचर्चा संवाददाता

विराटनगर,२२ असार । विराटनगरमा रहेको पोखरियामा रही  कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको पोखरिया  माध्यमिक विद्यालय कोशी प्रदेश र राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचित छ। हालै प्रकाशित कक्षा १० को २०८० सालको माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट नतिजा यस विद्यालयले निकाल्न सफल भएको प्रधानाध्यापक खेमराज भट्टराई जानकारी दिए। कक्षा ११ मा विज्ञान संकाय व्यवस्थापन संकाय र शिक्षा संकायमा निर्धारित सीट भन्दा दोब्बर विद्यार्थीहरू भर्ना हुन चाहेकाले प्रवेश परीक्षामाध्यमबाट विद्यार्थी छनाेट गर्न लागिएकाे विद्यालयले जनाएको छ। विज्ञान संकायमा १२५ सिटका लागि प्रथम चरणको प्रवेश परीक्षामा २१२ जनाले परीक्षा दिएका छन्। त्यसैगरी व्यवस्थापन संकायमा १६२ सिटका लागि २८४ जनाले प्रथम चरणको प्रवेश परीक्षामा सहभागी भएको विद्यालय प्रशासनले जानकारी गराएको छ।

असार २२ गते शनिबार बिहान प्रथम चरणको प्रवेश परीक्षा सञ्चालन हुँदा विद्यार्थी र अभिभावकको रोजाई पोखरिया माध्यमिक विद्यालय रहेको देखियो। मधेश प्रदेशका सप्तरी सिराहा जनकपुर बर्दिबास लगायतका स्थानबाट विद्यार्थीहरू प्रवेश परीक्षामा सहभागी थिए। सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजबिराज नगरपालिका ५  बाट सामुदायिक विद्यालयबाट जिल्लाकै प्रथम विद्यार्थी नेहा झा विज्ञान संकायका लागि प्रवेश परीक्षा मा सहभागी भइन्। अभिभावक वशिष्ठ नारायण झा लाई लिएर उनी पोखरिया माध्यमिक विद्यालय पुगेकी हुन् ।

अभिभावक झा र विद्यार्थी नेहाको रोजाई पोखरिया मावि भएकै कारण उनीहरु झरीलाई समेत वास्ता नगरी बिहान ७ बजे पोखरी माध्यमिक विद्यालय पुगिसकेका थिए। विज्ञान संकायतर्फ प्रवेश परीक्षामा उत्कृष्ट २० जनालाई पूर्ण छात्रवृत्ति पठनपाठनको व्यवस्था भएको प्रधानाध्यापक खेमराज भट्टराईले बताए । त्यसैगरी व्यवस्थापनतर्फ प्रवेश परीक्षामा उत्कृष्ट पाँचजनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने जानकारी प्रधानाध्यापकले दिए ।

प्रवेश परीक्षाको नतिजा शनिबार असार २२ गते बेलुका ४ बजे प्रकाशित गर्ने विद्यालय प्रशासनले जनाएको छ। पछिल्लो समय सामुदायिक विद्यालय हरू गुणस्तर प्रदान गर्न सक्षम भएकाले विद्यार्थी र अभिभावकको रोजाइमा सामुदायिक विद्यालय रोज्ने गरेको एक अनुसन्धानले देखाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]