०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

पोखरियामा निर्धारित सीट भन्दा दोब्बर विद्यार्थीहरूले दिए प्रवेश परिक्षा

Logo
जनचर्चा संवाददाता

विराटनगर,२२ असार । विराटनगरमा रहेको पोखरियामा रही  कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको पोखरिया  माध्यमिक विद्यालय कोशी प्रदेश र राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचित छ। हालै प्रकाशित कक्षा १० को २०८० सालको माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट नतिजा यस विद्यालयले निकाल्न सफल भएको प्रधानाध्यापक खेमराज भट्टराई जानकारी दिए। कक्षा ११ मा विज्ञान संकाय व्यवस्थापन संकाय र शिक्षा संकायमा निर्धारित सीट भन्दा दोब्बर विद्यार्थीहरू भर्ना हुन चाहेकाले प्रवेश परीक्षामाध्यमबाट विद्यार्थी छनाेट गर्न लागिएकाे विद्यालयले जनाएको छ। विज्ञान संकायमा १२५ सिटका लागि प्रथम चरणको प्रवेश परीक्षामा २१२ जनाले परीक्षा दिएका छन्। त्यसैगरी व्यवस्थापन संकायमा १६२ सिटका लागि २८४ जनाले प्रथम चरणको प्रवेश परीक्षामा सहभागी भएको विद्यालय प्रशासनले जानकारी गराएको छ।

असार २२ गते शनिबार बिहान प्रथम चरणको प्रवेश परीक्षा सञ्चालन हुँदा विद्यार्थी र अभिभावकको रोजाई पोखरिया माध्यमिक विद्यालय रहेको देखियो। मधेश प्रदेशका सप्तरी सिराहा जनकपुर बर्दिबास लगायतका स्थानबाट विद्यार्थीहरू प्रवेश परीक्षामा सहभागी थिए। सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजबिराज नगरपालिका ५  बाट सामुदायिक विद्यालयबाट जिल्लाकै प्रथम विद्यार्थी नेहा झा विज्ञान संकायका लागि प्रवेश परीक्षा मा सहभागी भइन्। अभिभावक वशिष्ठ नारायण झा लाई लिएर उनी पोखरिया माध्यमिक विद्यालय पुगेकी हुन् ।

अभिभावक झा र विद्यार्थी नेहाको रोजाई पोखरिया मावि भएकै कारण उनीहरु झरीलाई समेत वास्ता नगरी बिहान ७ बजे पोखरी माध्यमिक विद्यालय पुगिसकेका थिए। विज्ञान संकायतर्फ प्रवेश परीक्षामा उत्कृष्ट २० जनालाई पूर्ण छात्रवृत्ति पठनपाठनको व्यवस्था भएको प्रधानाध्यापक खेमराज भट्टराईले बताए । त्यसैगरी व्यवस्थापनतर्फ प्रवेश परीक्षामा उत्कृष्ट पाँचजनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने जानकारी प्रधानाध्यापकले दिए ।

प्रवेश परीक्षाको नतिजा शनिबार असार २२ गते बेलुका ४ बजे प्रकाशित गर्ने विद्यालय प्रशासनले जनाएको छ। पछिल्लो समय सामुदायिक विद्यालय हरू गुणस्तर प्रदान गर्न सक्षम भएकाले विद्यार्थी र अभिभावकको रोजाइमा सामुदायिक विद्यालय रोज्ने गरेको एक अनुसन्धानले देखाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]