१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

Logo
जनचर्चा संवाददाता

विराटनगर, ३१ असार ।
विराटनगर-३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार सो मन्दिर तथा सामुदायिक  भवनको उद्घाटन गर्नुभएको हो ।

भारतको नर्मदा नदीबाट ल्याइएको प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायीक भवनका अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिए ।

वि.स.२०७९ सालमा माघमा बालब्यास पं.कपिलदेव चालिसेद्वारा वाचन गरी भएको श्रीमद्भागवत् महापुराणवाट संकलित रकम बाट मन्दिर तथा सामुदायिक भवन बनेको हो ।

पित्तलको छानो भएको विराटनगरको पहिलो मन्दिर

यो मन्दिर विराटनगरका लागि नौलो पनि रहेको छ । मन्दिरको छानो पित्तलबाट बनाइएको छ । नर्मदा नदीबाट प्राकृतिक शिबलिङ ल्याइएको हुदा यसको महत्व पनि उत्तिकै रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]