२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बुरुक बुरुक उफ्रदै बाटो काट्नु परेको छ

डिवाइडर बन्यो : स्कुले बालवालिका, महिला, अशक्त, बुढापाका तथा बिमारीलाई सास्ती
Logo

विराटनगर ब्यूरो, भाद्र २८
बाटो काट्ने ठाँउ समेत नछोडी सडकमा डिवाइडर राखिएपछि विराटनगरको आयल निगमदेखि ढाटसम्मका स्थानीयवासीलाई आवत जावतमा समस्या भएको छ । उक्त क्षेत्रको सडक निर्माण गर्ने जिम्मा पाएको रानी ,इटहरी सडक आयोजनाले हचुवाको भरमा डिवाइडर राखीदिए पछि स्थानीयहरुले सास्ती वेर्होनु परेको हो ।
खाली ठाँउ नछोडी डिवाइडर राखिएपछि ससना स्कुले वालवालिका, महिला, अशक्त, जेष्ठ नागरिक र बिमारीलाई बाटो काट्न निकै नै अफ्ठ्यारो भएको छ । सडकको यस पारदेखि उस पारसम्म जानलाई मात्र उनीहरुले थुप्रै डिवाइडरु छिचोल्नु पर्ने हुन्छ । स्थानीय बुद्धिजिवी हरिलाल उपाध्याय भन्छन् “भर्खरकाहरु त बुरुक बुरुक उफ्रेर डिवाइडर नाघि हाल्छन् तर अशक्त, बुढाबुढी र बालबच्चालाई समस्या भएको छ । उनीहरुले ५० मिटरको बाटो काट्न १ किलोमिटर भन्दा बढी हिडेर डिभाइडर छिचोल्नु पर्छ ।”
स्थानियहरुले डिवाइडरबाट उफ्रेर बाटो काट्ने गर्दा दिनहौ दुर्घटना समेत हुने गरेको छ । अन्य विकसित देशमा मुख्य हाइवे मा डिवाइडर राखिएपनि नेपाल जस्तो हाइवे मै शहर बसेको ठाउँमा यस्ताखाले नियम लगाइनु अव्यवहारिक हुने बुद्धिजिवि उपाध्याय बताउछन् । बिदेशको सिको गर्ने तर त्यसको परिणाम नहर्ने रोगका कारण जनता जहिले पनि पिडित भइरहनु परेको उनको कथन छ ।
यता सडक आयोजना भने ट्राफिक प्रहरीको बिशेष आग्रहमा उक्त डिभाइडर राखिएको बताउछ । उता ट्राफिक प्रहरीले दुर्घटना बढी भएको कारण डिवाइडर राख्नु परेको बताउदै आएको छ । तर ट्राफिक प्रहरी र सडक आयोजनाले उक्त निर्णय गर्दा स्थानीयवासीलाई परेको प्रभावको वारेमा खासै चासो दिएको देखिदैन् ।
स्थानिय मुरारी दाहालले चोकको अवस्था र गाउँको अबस्था हेरेर डिवाइडर राखिदा विवाद नआउने बताउनु हुन्छ । सवै ठाउँमा डिवाइडर खोल्नुपर्छ भन्ने पक्षमा आफुहरु समेत नरहेको तर अवश्यकता अनुसार केहि ठाँउमा भने डिवाइडर खोेल्नु पर्ने उनको बुझाई छ ।

आरोप प्रत्यारोप
जनताले विराटनगर महानगरलाई सोधे हाइवे ले गरेको भन्ने, हाइवे ले महानगर, ट्राफिकले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रशासनले ट्राफिकले गरेको भन्दै जता पनि अल्मल्याउने काम भएको स्थानियको दुखेसो छ । जजसले गरे पनि यसमा स्थानिय जनप्रतिनिधिले चासो लिनुपर्ने स्थानियको भनाइ रहेको छ । आरोप प्रत्यारोप गरेर जनता भुल्याउने काम नगर्न स्थानियले अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]