१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

प्रधानमन्त्रीबाट अरिहन्त मल्टिफाइबर्सका गोल्छालाई प्रशंसापत्र प्रदान

काठमाडाैं, मंसिर १२ प्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीको अरिहन्त मल्टिफाइबर्स लिमिटेडका सञ्चालक राजकुमार गोल्छालाई प्रशंसापत्र प्रदान गरेका छन् । सामाजिक सुरक्षा कोषद्वारा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगपति गोल्छालाई प्रशंसापत्र प्रदान गरेका हुन् । प्रधानमन्त्री दाहालले अरिहन्त मल्टिफाइबर्सलाई उत्पादनमुलक उद्योगको तर्फबाटकोषमा सूचीकृत रोजगारदातामध्ये गत आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ता(श्रमिक)हरूको संख्याका आधारमा उत्कृष्ट भएको भन्दै प्रशंसापत्र […]

विराटनगर, मंसिर १२ विराटनगरमा पुस पहिलाे सातादेखि ट्रेड एक्स्पाे  आयोजना हुने भएको छ। साे एक्स्पाे पुस ६ देखि १६ गते विराटनगरकाे श‌ंकरपुर खेलमैदानमा गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको छ । संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले “मोरङ व्यापार संघ एक्सपो ” नाम दिएर प्रदर्शनी आयोजना गर्न लागिएको […]

काठमाडाैं, मंसिर १० प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग […]

विराटनगर,मंसिर ५ विराट गोल्डकप फुटवल  सम्पन्न भएको ७ महिना वितिसक्दा पनि उक्त टुनामेन्टकाे वास्तविक आम्दानी र खर्च सार्वजनिक भएकाे छैन । विराट गोल्डकप फुटवल ट्रष्टले गोल्काप टुनामेन्ट सम्पन्न गर्न विराटनगर महानगर पालिकाका प्रमुख समेत रहनु भएका नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो। विराट गोल्डकप सम्पन्न भए पछि लेखा परिक्षण अडिट गरि कागजपत्र ट्रष्टलाई बुझाउनु पर्नेमा […]

विराटनगर, मंसिर ४ नागरिक समाजबाट बारम्बार आवाज उठि रहँदापनि विराटनगरको क्यासिनोमा स्थानीय नेपालीहरुलाई जुवा खेलाउने कार्य रोकिएको छैन । यो संचारमाध्यमले बारम्बार उठान गरिरहेको विषय समेत हो । निरन्तर समाजबाट जुवा रोक्न ताकेता आईरहँदा पनि यस गैरकानूनी कामलाई प्रहरी संयन्त्रले रोक्न सकेको छैन । विषेशगरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन क्यासीनोमा अझैपनि ठुलो […]

विराटनगर, म‌ंसिर २ झापा, गौरादह नगरपालिका(३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका(४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, […]

काठमाडौ, मंसिर १ टिकटकमा बन्देज लगाउने सरकारी निर्णयको विरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेकाे छ । निर्णय खारेजीको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीको सहित ५ वटा रिट सर्वोच्चमा परेपनि रिट दर्ता भने भइसकेको छैन । सर्वोच्च अदालतका एक अधिकारी अनुसार रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि कुन कुन रिट दर्ता हुने/नहुने भन्ने सम्बनधमा निर्णय […]

सुनसरी, कार्तिक २८ सुनसरीको दुहबी ननरपालिका-३ सोनापुर स्थितमा रहेको premium organic बिअर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ । साेमबार राति साढे ५ बजे स्थानिय  प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनि प्रकृया पुरा गरी […]

निरज बस्नेत विराटनगर, कार्तिक २७ सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरिएको हाे । टिकटक बन्द गर्ने नीतिगत निर्णय भएपछि अब प्राविधिक रूपमा टिकटक बन्द गर्ने सरकारकाे तयारी छ । अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि  टिकटकले […]

विराटनगर,कार्तिक २६ कानुनतः नेपालको क्यासिनोमा स्वदेशीहरुलाई जुवा खेलाउन पाईदैन । तर सो कानुनी प्रावधानको खिल्ली उडाउँदै विराटनगरको क्यासिनो संचालकहरुले स्थानीय उद्योगी, व्यापारी तथा आम सर्वसाधरणहरुलाई निर्वाध रुपमा जुवा खेलाउदै आएका छन् । विषेशगरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन क्यासीनोमा नेपालीहरुलाई निर्वाध रुपमा जुवा खेलाईरहेको पाईएको छ । यस क्यासीनोमा नेपालीलाई प्रवेशमा रोकटोक छैन […]