१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराटनगरमा भव्य कन्सर्ट हुदै , प्रवेश शुल्क १०० मात्र

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

विराटनगर, असोज २९
कर्तिक ८ गते लाईभ ईन्टरटेनमेन्टले विराटनगरको जैन भवनमा भव्य कन्सर्टको आयोजना गर्ने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको नाम दिई हरेक वर्ष आयोजना हुदै आएको उक्त कार्यक्रमको यो पाँचौ संस्करण हो ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
कन्सर्टमा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा दोश्रो भएका बिराटनगरका शृजय थपलिया र ब्यान्ड तथा नेपाल आईडल सिजन टु कि टप इलाभेन हिना मल्ल र बदमाश ब्यान्ड लगायतको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमलाई सगरमाथा टेलिभिजनकी भिजे पुजन थापाले होस्ट गर्ने भएकी छिन् ।
कार्यक्रममा बिराटनगर कै ग्रिन लिफ ब्यान्डको समेत प्रस्तुति रहने छ । त्यस्तै विराटनगरका संगीतकर्मीहरुको सामुहिक प्रस्तुती हुने बताईएको छ। साथै , कार्यक्रममा फुड ट्रक साथै अन्य बिभिन्न आकर्षण रहेको आयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

काठमाडाैं, जेठ १।  गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, […]

विराटनगर,१९ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता […]