२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

‘मोरङ्ग’ बन्यो ‘मोरङ’ : नेपाली युनिकोड छैन सजिलो

विराटनगरमा निशुल्क नेपाली टाईपीङ सिकउँदै छन् साबीर
Logo

काठमाडौं, कार्तिक १२
आजभोली नेपाली भाषाका कम्प्युटराईजड लेखनमा नेपली(युनिकोड )को सही तरीकाले प्रयोग भएको पाईदैन । कम्प्युटराईजड लेखनमा लगातार भईरहेको गलत अक्षरको प्रयोगले नेपाली भाषाका असली अक्षरहरुलाई नै ओझेलमा पारेको छ । फलतः ‘मोरङ्ग,र्‍याली, विद्यार्थी’ जस्ता शब्दहरु ‘मोरङ,र्याली र विद्‍यार्थी’ मा परिणत भएका छन् । यी बाहेक पनि थुप्रै असली शब्दहरु अपभ्रंशमा परिसकेको जानकारहरु बताउँछन् ।
नेपाली व्याकरणका ज्ञाताहरुले पनि कम्प्युटरबाट लेखिएका धेरै शब्दहरु लेखाईमा सही नहुने गरेको बताएका छन् । ज्ञाता भन्छन् “शब्द निर्माण्को क्रममा ‘वि + द् + या + र्थी’ मिलेर ‘विद्यार्थी’ बन्ने हो । तर लेख्दा ‘विद्यार्थी’ नै लेख्नु पर्छ ‘विद्‍यार्थी’ लेख्न पाइन्दैन् ”

प्रशिक्षक साबीर

युनिकोडमा केहि अक्षरहरु लेख्न निकै कठिन हुने भएकाले टाईपीस्टहरुले सजिलैसँग किर्बोडमा उपलब्ध हुने शब्दहरुको प्रयोग गर्ने गरेको आईटि प्रशिक्षक साबीर अंसारी बताउँछन् ।

“ङ्ग ,  ‘र्‍’ (आधि र) , ‘द्या’ , लगाएत थुप्रै शब्दहरु किर्बोडमा भेट्नै ग्राहो हुन्छ र त्यसको विकल्पमा टाइपीस्टहरुले ‘ङ’, माथि धार्का तानिएको आधि र  , ‘द्या’ को सट्टामा ‘द्‍या’ को प्रयोग गर्ने गरेका छन् ” साबीर भन्छन् “यो ज्ञानको कमीले हो, टाईपीङको पुर्ण ज्ञान भएकाले शुद्ध शब्द सही तारिकाले लेख्न सक्छन् ”
विराटनगरस्थित मनिपाल इन्सटिच्युटका संचालक समेत रहेका सबीरले आफ्नो ईन्टिच्युटमा नेपाली टाइपिङको सिक्न चाहनेहरुलाई निशुल्क क्लास समेत संचालन गरेका छन् । उनी भन्छन् “राष्ट्रय भाषा टाइपीङ गर्न सिकाउनु हाम्रो लागी पनि गौरबको विषय हो, साेही कारण मनिपाल इन्सिटिच्युटका सबै प्याकेजमा नेपाली टाइपीङ निशुल्क गरिएको छ ”
आजभोली नेपाल सरकारका निकायहरुले जारी गर्ने पत्रहरुमा पनि प्रशस्तै युनिकोडका त्रुत्रिहरु भेटिन्छन् । सरकारी निकायबाट दिइने नागरिता, विभिन्न चिज लाईसन्स , प्रमाणपत्र तथा अन्य पत्रहरुमा पनि यस्तो खल्का त्रुटि भेट्टिने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]