२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

लिटल कोशी २०१९ : आस्था र क्रिस

Logo

विराटनगर, कार्तिक १९
इनरुवाकी १२ वर्षिय आस्था राजभण्डारी र धनकुटाका १४ वर्षिय क्रिस चेम्जुङ्गले मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि जितेका छन् । अस्थाले मिस र क्रिसले मिस्टरतर्फको बिजेता घोषित भएका हुन् ।
जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षिय अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षिय सृष्टि श्रेष्ठ घोषित भइन् । प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ इनरुवाकी १५ वर्षिय एलिना गुरुङ्ग तथा सर्वोउत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् । बिजेताले जनही नगद ३० हजार रुपैयाँ साथै आकर्षक ट्रफि प्राप्त गरेका थिए ।
मिस्टरतर्फको फस्ट रनरअप इनरुवाका १३ वर्षिय आर्यन कर्ण र सेकेण्ड रनरअप इनरुवाकै १४ वर्षिय समय सुब्बा भए । स्कूले विद्यार्थीहरूको प्रतिभा उजार गर्नुको साथै व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा २९ जना प्रतियोगिहरू पुगेको जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरूमा अभिनेता सलोन बस्नेत, मिस कोशीको बिजेता रेखा कार्की, मिसेस कोशीको बिजेता रेनुका लिम्बु र व्यवसायी रोशन घिमिरे रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]