१८ भाद्र २०८२, बुधबार
03-09-2025 , Wed
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

बालबालिकालाई मोबाइल एडिक्सनबाट छुटकारा : दिब्य शिक्षा केन्द्र

पढ्ने अभिरुचि बढाउने तथा स्मरण शक्ती बढाउने विराटनगरमा विषेश ट्रेनिङ
Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

✍खेम पौडेल
विराटनगर, पुष २६
अहिले केटाकेटिहरु २४ सैं घण्टा मोबाईलमा भुल्लिने गर्दछन् । विभिन्न खाल्का एप र गेमले केटाकेटिहरुलाई मोबाइल एडिक्ट नै बनाईसकेको छ । हेरक समय मोबाईलमा झुण्डि रहने बानीलाई कसरी निश्तेज पार्ने अहिलेको अभिभावकलाई मुख्य चिन्ता छ ।

उक्त समस्यालाई मध्येनजर गर्दै दिब्य शिक्षा केन्द्रले जापेनिज योग तथा ध्यान विधिबाट बालबालिकालाई मन र मस्तिष्कबाट तन्दुरुस्त बनाउने कक्षा संचालनमा ल्याएको छ । बालबालिकाले उक्त तालिम लिएपछि मोबाइल तथा अन्य कुलतबाट छुटकार पाउने केन्द्रको दावी छ । उक्त तालिमले बालबालिकाको स्मरण शक्ति बढाउनको साथै पढ्ने अभिरुचि समेत बढाउने केन्द्रका विराटनगर शाखा संयोजक विमल ढुंगेल बताउछन् ।
उक्त केन्द्रका संस्थापक अध्यक्ष कालिचराण बस्नेत हुन् । उनी उक्त केन्द्रको महाप्रशिक्षक समेत हुन् । बस्नेतले भारतको राजस्थानबाट योग तथा ध्यानको शिक्षा हासिल गरेका बताउछन् ।

बालबालिकाले उक्त तालिम लिए स्मरण शक्ति बढ्ने, पढेको कुरा छिटो याद हुने, एकाग्रता क्षमतामा बृद्धि आउने, साहस बढ्ने, सकारात्मक सोचको वृद्धि हुने, सु–संस्कार प्राप्त हुने, आत्माविश्वास बढ्ने, आई.क्यू क्षमता बृद्धि हुने, निर्धक्क भएर स्टेजमा बोल्न सक्ने क्षमता वृद्धि हुने महाप्रशिक्षक बस्नेत बताउछन् ।
हाल उक्त केन्द्रले मोरङ, झापा र काठमाडौंमा बालबालिकाहरुलाई तालिम दिदै आएको छ । उक्त केन्द्रमा हाल २ सय भन्दा बढी बालबालिकाहरुले तलिम लिदै आएको दिब्य शिक्षा केन्द्रले जनाएको छ । विराटनगरमा पनि यही माघ ४ गतेबाट केन्द्रले तालिम संचालन गर्न लागेको छ । केन्द्रले आज विराटनगरको सगरमाथा बोडिङ स्कुलमा अभिभावकको प्रत्यक्ष निगरानीमा नमुना कक्षा संचालन गरेको थियो ।

केन्द्रको सम्पर्क नं : ९८४२०५५३५६ र ९८१७३०८८०१
सहभागीको हुन चाहने बालबालिको उमेर हद : ५ वर्ष भन्दा माथि, १४ वर्ष भन्दा मुनि मात्र ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]

विराटनगर, भाद्र २८ – देशको  पुरानो र भरपर्दो शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसाेसियट्सले मंगलबार विराटनगरमा आफ्नो ११औं शाखाको उद्घाटन गरेको छ। उद्घाटनकै अवसरमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको लागि ग्लोबल एक्स्पोको पनि आयोजना गरिएको थियो। संसारीमाई स्थान नजिक रहेको कन्सल्टेन्सी भवनमा आयोजित कार्यक्रममा विदेश अध्ययनमा रुचि राख्ने ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। […]