१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

‘हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न नेपाली डराए’

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

विराटनगर, माघ २
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न ५९ प्रतिशत नेपाली डराएको विराटनगर महानगरपालिकाको स्वस्थ्य महाशाखाले बताएको छ । केन्द्रिय तथ्याङ्क विभागको एक प्रतिवेदनलाई उद्धित महाशाखाले उक्त कुराको खुलासा गरेको हो ।
हात्तीपाईले रोग विरुको औषधि सेवन कार्यक्रम संचालनबारे जानकारी दिन आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताईएको हो ।
राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्तर्रगत विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हातीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ । महानगरपालिका क्षेत्रम हाात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई अझ प्रभाकारी बनाउन यसपटको अभियान नयाढंगवाट संचालन गरिने भएको छ ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले विराटनगरमा बिहिवार गरेको छलफल कार्यक्रममा यसपटकको सो अभियान अन्तर्रगत महागनरपालिकाका २ लाख ४७ हाजार ४ सयलाई औषधि ख्वाउने लक्ष्य रहेको महाशाखा प्रमुख रमेश कार्की क्षेत्रीले जानकारी दिए ।
विगतमा हातीपाईले विरुद्धको औषधि ख्वाउने अभियान प्रभावकारी नहुदा ६ औ चरणमा सक्नुपर्ने यो अभियान ९ औ पटक संचालन हुन लागेको हो । हात्तीपाईले रोग विरुद्धको औषधिले कुनै साईड इफेक्ट नपार्ने र यो औषधि सेवनमा वाट अहिले सम्म कसैको मृत्यु नभएकाले निर्धक भएर औषधि सेवनगर्न समेत महाशाखा प्रमुख कार्कीले महानगरवासीलाई आग्रह गरे ।
विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी वनाउन महागरपालिका क्षेत्रमा २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना स्वयं सेविका परिचालन गरिने छ । महानगरपालिकाको १९ वटै वडामा केन्द्र स्थापना गरेर हात्तीपाइले रोग विरुद्ध औषधि ख्वाइने र छुटेकाहरुलाई भोलीपल्ट घरमै गएर औषधि ख्वाउने कार्यक्रम तय भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले हातीपाइले रोग विरुद्धको औषधि सेवनमा डर र कुनै शंका नर्गन आग्रह गरे ।
उहाले यो अभियानलाई सफल वनाउन राजनितिकदलका नेता,स्थानिय निकाय प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले औषधि खाएर कार्यक्रमको शुभारम्भ गरिने वताए । सन् २०२० सम्म हात्तीपाइले रोग नियन्त्रणगर्ने सरकारको लक्ष्य रहेको छ । अहिलेपनि सहरी क्षेत्रमा औषधि सेवन अभियान प्रभावकारी नहुदा समस्या हुने गरेको छ । कार्यक्रममा उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी लगायतको सहभागिता रहेको थियो ।
समाचार समाग्री : विराटपोष्ट डट कमबाट पनि (साभार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]