२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

लेखापरिक्षक प्रकरण : महानगरका प्रधानले पोले मेयर/उपमेयरको नाम

नियम विपरित विराटनगरका दुई स्कुलमा प्रधानले पाए लेखापरिक्षकको नियुक्ति
Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

विराटनगर, माघ ३
नियम विपरित विराटनगरका दुई स्कुलमा लेखापरिक्षकको नियुक्ति पाएका महानगरका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले उक्त प्रकरणमा मेयर उपमेयरको नाम पोलेका छन् । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् । तर प्रधानले मेयर उपमेयरबाट पुर्व स्वीकृति पाएको भन्दै विवादबाट पन्छिन खोजिरहेका छन् ।
उता विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रधानलाई लेखापरिक्षण गर्ने स्वीकृति नदिएको बताएका छन् । मेयर पराजुली भन्छन् “म नियम कानुन मान्ने मान्छे हो, गैर कानुनी कामलाई म प्रोत्सान गर्दिन, मैले कसैलाई न त स्वीकृती दिएको छु न त सिफारीस गरेको छु” । उक्त आरोप उपमेयरको सचिवालयले पनि झुठो भएको बताएको छ ।
प्रधानलाई विराटनगरको जनपथ मा. वि. र मदरसा फैजुनवि विद्यालयमा लेखापरिक्षक खट्नु भनी महानगरको शिक्षा महाशाखाले ०७६, पुष १० गते पत्र जारी गरेको थियो । महानगर अन्तर्गत नै संचालनमा रहेको विद्यालयहरुमा महानगरकै कर्मचारीले लेखापरिक्षकको नियुक्ती पाए आर्थिक अनियमितामा सघाउ पुग्ने जानकारहरु बताउछन् । त्यसको अलावा दोहोरो सुविधा हुने भएकाले पनि एक ठाँउका कर्मचारीले अन्य ठाँउमा काम गर्न बन्देज गरिएको छ ।
याे पनि पढ्नुस् : एक व्यक्ति दुई नियुक्ति : विराटनगर राजस्व प्रमुखको डबल मजा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]