११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लेखापरिक्षक प्रकरण : महानगरका प्रधानले पोले मेयर/उपमेयरको नाम

नियम विपरित विराटनगरका दुई स्कुलमा प्रधानले पाए लेखापरिक्षकको नियुक्ति
Logo

विराटनगर, माघ ३
नियम विपरित विराटनगरका दुई स्कुलमा लेखापरिक्षकको नियुक्ति पाएका महानगरका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले उक्त प्रकरणमा मेयर उपमेयरको नाम पोलेका छन् । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् । तर प्रधानले मेयर उपमेयरबाट पुर्व स्वीकृति पाएको भन्दै विवादबाट पन्छिन खोजिरहेका छन् ।
उता विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रधानलाई लेखापरिक्षण गर्ने स्वीकृति नदिएको बताएका छन् । मेयर पराजुली भन्छन् “म नियम कानुन मान्ने मान्छे हो, गैर कानुनी कामलाई म प्रोत्सान गर्दिन, मैले कसैलाई न त स्वीकृती दिएको छु न त सिफारीस गरेको छु” । उक्त आरोप उपमेयरको सचिवालयले पनि झुठो भएको बताएको छ ।
प्रधानलाई विराटनगरको जनपथ मा. वि. र मदरसा फैजुनवि विद्यालयमा लेखापरिक्षक खट्नु भनी महानगरको शिक्षा महाशाखाले ०७६, पुष १० गते पत्र जारी गरेको थियो । महानगर अन्तर्गत नै संचालनमा रहेको विद्यालयहरुमा महानगरकै कर्मचारीले लेखापरिक्षकको नियुक्ती पाए आर्थिक अनियमितामा सघाउ पुग्ने जानकारहरु बताउछन् । त्यसको अलावा दोहोरो सुविधा हुने भएकाले पनि एक ठाँउका कर्मचारीले अन्य ठाँउमा काम गर्न बन्देज गरिएको छ ।
याे पनि पढ्नुस् : एक व्यक्ति दुई नियुक्ति : विराटनगर राजस्व प्रमुखको डबल मजा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]