०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कालोबजारी गर्नेलाई एकै दिन पनि हिरासतमा राख्न सक्दैन सरकार

Logo

✍दिनेश खड्का
विराटनगर, चैत १२

मास्क र सेनिटाइजरको कालोबजरी गर्ने विराटनगरका व्यापारी राजेश अग्रवाल कानुनी फान्दाबाट सजिलै फुत्किएका छन् ।

आईतवार जिल्ला प्रशासन मोरङ, वाणीज्य, विराटनगर महानगरपालिका र नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले अग्रवालद्धारा विराटनगरमा संचालित श्री सर्जीकल इम्पेक्समा छापा मारेको थियो । छापा मार्ने क्रममा ११ हजार थानभन्दा बढी मास्क र त्यस्तै ठुलो मात्रामा सेनीटाइजर लुकाएको अवस्थामा फेला परेको थियो । ठुलो संख्यामा मास्क र सेनिटाइजर लुकाएर राखेको अवस्थामा फेला परेपछि अग्रवाललाई तत्काल पक्राउ गरिएको थियो ।
पक्राउ परेका अग्रवाललाई केहि घण्टा मात्र हिरासतमा राखियो । नेपालको प्रशासन र कानुनले उनलाई एकदिन पनि हिरासतमा राख्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्र जनतालाई सम्बोधन गदै यो भैपरीको अवस्थामा कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने घोषणै गरेका थिए । तर राजेश अग्रावलजस्ता कालाबजारी गर्नेलाई स्थानीय प्रशासनले एकदिन पनि हिरासतमा राख्न नसक्नुले प्रधानमन्त्रीको घोषणलाई गिज्याई रहेको छ ।
अभावको बेला गेरै कानुनी ढंगले मास्क र सेनिटाइजर भण्डार गरेको भन्दै वाणिज्यले अग्रवाललाई तत्काल ३ लाख रुपैयाँ जरिमाना गराएको थियो । त्यसपश्च्यिात थप अनुसन्धानको लागी प्रहरीले अग्रवाललाई हिरासतमा लिएको थियो । तर हिसारतमा राखिएको केहि घण्टा नबित्दै अग्रवाललाई तारिकमा छोडिएको बुझिएको छ ।
अति आवश्यक समान जाम्माखोरी गरेर राख्नेलाई १ वर्षसम्मको कैद वा १० लाखसम्म जरिमाना वा दुवै हुने कानुनी व्यवस्था छ ।

याे पनि पढ्नुस् : मास्क र सेनिटाइजर लुकाएर राख्ने विराटनगरका व्यापारी राजेश अग्रवाल पक्राउ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]