०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

हे सरकार !

Logo

मनु बुढाथाेकी

अह , सरकारले दिनु पर्दैन राहत !
सरकारले दिनु पर्दैन रोजगार पनि ,
कुनै युवा विदेशी भुमिमा रेटिनु नि पर्दैन ,
सिर्फ लिस्टमा अटाउने अति आवश्यक पुर्वाधारको व्यवस्था गरिदेऊ !
देशका कुना काप्चासम्म बिजुली बत्ती र यातायातको सुविधा पुर्याईदेउ ,
कमि छैनन् कहिँ देशका भुभाग उर्भर हुन मा !
पर्दैन कुनै देशका स्रोत सङ्ग निर्भर हुनु यहाँ ,

देशमा जुनसुकै पार्टीको शासन शत्ता होस् ,कुनै फरक पर्ने छैन हामिलाई ,
भनिदेउ सरकार ! प्रत्येक प्रदेशका ती जनप्रतिनिधिहरुलाई,
कि आफ्नो बस्ती,गाउँ घरका स्रोत साधनलाई चिन्न भनेर !
सम्भावना थुप्रै छन् यहाँ ,अवसर पनि उत्तिकै झन् ,
सिर्फ थोरै माहोल त बनाईदेऊ सरकार !!

ठूलो अवसर र रोजगारको खोजिमा म यो शहर आएको होईन सरकार !
उचित शिक्षा हासिल गराउन बा आमाले आफ्नो काख छुटाएका मात्र हुन् ,
हो यहि सुबिधा पनि राम्रो नपाएर हो त्यो भुमीमा !!

आफ्नो बस्तिलाई सुन्दर बनाउने क्षमता नभएको हुँदै होईन ,
ती गौचरण बनिसकेका भुमिलाई उर्भर बनाउने उर्जा निभेको पनि होईन सरकार ,
सिर्फ एउटा आधार त देऊ !!

रोजगारी पनि बन्नेछौ आफै अनि रोजगारदाता पनि ,
एट लिस्ट क्षमतालाई बाध्यतामा नबद्लाईदेऊ ,
अरु केही माग छैन ,र त्यो सदनको भाषण मात्र हैन !
उचित एउटा आधार त देऊ सरकार ,
फेरि बारबार तिमिले सुन्न पर्ने छैन जनताका गन्थन पनि !!

हो , थुनिएर सड्न भन्दा उभिएर लड्न चाहन्थे आफै ,
तर के गर्ने शहरको सुनसानमा उठ्नै सकिन सरकार !
असहाय लाई सहयात्री बनेर पाईला सार्दिने थिए,
तर के गर्ने, त्यसो गर्न सक्ने म मेरो जन्मभुमिमा छैन सरकार !!

आफै लडेको छु ,उठाउन आउछौ भन्ने आश पनि छैन तिम्रो ,
सिर्फ मेरो ठाउलाई एउटा आधार अवस्य देऊ ,
म त्यही रम्न चाहन्छु ,म त्यही मर्न चाहन्छु !
यो मेरो मात्र शब्द होइन ,म जस्ता लाखौंको आखामा टलपलाईरहेका सपना हुन् सरकार !!!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]