०९ माघ २०८१, बुधबार
22-01-2025 , Wed
Gold Silver Price (8 Magh 2081, Tuesday)
Fine Gold 1 Tola NRs. 158100
Silver 1 Tola Nrs. 1875

गाँउमा देखेकाे ‘जनयुद्ध’

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०२, २०७९

मनु बुढाथोकी
काठमाडौं, फागुन २

जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति डरको असर पर्यो होला कठै !

विद्राेही सेनाहरुकाे अगाडि राज्यकाे सुरक्षा बल निरिह थियाे उबेला। गाँउमा ठुलाे जत्था बनाएर बसेका विद्राेहीहरुलाई त्यहाँ रहेका राज्यकाे टुकडी सुरक्षाकर्मीले कुनै पनि काममा राेकटाेक गर्न सक्दैन थिए । गाँउका विद्यालय, पाटिपाैवा तथा अन्य संरचना विद्राेहीहरुकै कब्जामा जस्तै थियाे ।  स्कुलहरुमा प्राए पढाइ या अन्य क्रियाकलाप भन्दा बढि क्रान्तिकारीहरुको प्रोग्राम हुन्थ्यो। देशमा गणतन्त्र ल्याउने धाउन्नेमा क्रान्तिकारीहरुद्वारा बिभिन्न सांस्कृतिक कार्यक्रमहरु भैरह्न्थे । आफुहरुले नै रचेका बिभिन्न गित सङ्गितका माध्यमबाट परिवर्तनका आवाज उठाउने प्रयास गर्दथे उनिहरु। त्यो बेला चलेको एक क्रान्तीकारी गित हामी बिध्यार्थिहरुको मस्तिष्क भित्र मज्जाले सेट भएर बसेको थियो। गीतको बोल थियो “यो शरिर ढल्यो साथी हो,लाल झण्डा झुक्न नदिनु,क्रान्तिको लागी मरेर गए बाबालाई भन्दिनु !”  एक्दमै हृदय स्पर्सि गीत थ्यो यो। जब स्कुलमा प्रोग्राम सकिन्थ्यो अनि हामी साथी साथी हुल बांधिदै यो गीत गुन्जाउदै घर तिर लाग्थेउं।

बेलाबेला विदयालयबाट घर आउँदाजाँदा  गोला बारुद पड्किएका आवाज आउथें। यस्तो लाग्थ्यो कि अब घर पुग्न सकिने हो कि नाइ। खोला खोला ढुङ्गाका कोप्चामा लुक्दै र हातमा बोकेका बुकहरुले टाउको छोप्दै डरैडरमा जसोतसो घर त पुगिन्थ्यो । विद्यालयबाट घर पुग्दा कहिले नेपाल आर्मिका सेनाहरुले घर भरिएका हुन्थे त कहिले क्रान्तीकारी माओबादिका सेनाहरुले। तारन्तार उनीहरु सय देखि २ सय जनाका टोलिहरु घर आईरहन्थे। बेलाबेला युद्धमा परेर क्षतविक्षत भएका सेना र मरेका लाशहरु नै घर सम्म ल्याइन्थे। जुन टोलिहरु आए पनि गांउका प्राए जसो घरहरुका सदस्यहरुले पाउनुसम्म दुख पाउदथे। दुबैतिरका टोलिहरुले जनताहरु माथी ठुलो प्राड्तना दिएका थिए। एक टोलि क्रान्तिकारी आउंछ जनतालाई ‘तैंले आर्मिको लागी हाम्रो जासुस गरिस भन्छ,आर्मिको टोलि आउंछ जनतालाई नै त्यसै भन्छ’। हुंदाहुंदा बिना सित्ति जासुस गरेको आरोपमा गांउका चिनेजानेका सोझा साझा जनतालाई टुक्रा टुक्रा पारेर काटेर फालेको पनि सुन्न पर्दथ्याे। गणनामा आएका त १७ हजार लडाकु  होलान् तर बिना सित्ति जासुस बनेको भन्ने आरोपमा त कति जनताले बलि चढ्नु पर्यो पर्यो। त्यस्को लेखाजोखा कता होला थाहा छैन। युद्ध ताका हजारौं का शरिर ढले,हजांरौ चेलीहरुका सिंउदो पुछिए,हजांरौं कोख रित्तिए, हजारौं बेपत्ता भए,सैयौं योद्धा जिवन पर्यान्त अपाङ्ग बन्न पुगे।

मगर दाइ …

हाम्रो घरमा एकजना सहयाेगी ‘मगर दाइ’ बस्दथे। एकरात दुई अढाइ सय  क्रान्तिकारीका जत्था बोकेर आएका एक कमाण्डरले ति दाइलाई उनिहरु सङ्ग हिड्न इसारा गरे । त्यो देखेपछि ममिले ति कमाण्डरलाई प्रश्न गर्नु भयो, “आफ्नो घर परिवारको जिबिको पार्जनको लागी उस्ले यहाँ हामीलाई सहयोग गरेर बसेको छ,के का लागी उस्लाई इसारा गर्दै हुनुन्छ कमाण्डर सर?’

जवाफमा ति डल्ले डल्ले कदका गोरे कमाण्डर दाजुले भने, ‘म्याडम ऐलेको लागी हामिलाई युवाहरूको खांचो छ,हामी उनको रक्षा गर्नेछौं,चिन्ता नगर्नुस् !” यो सुनेपछि ममिले ति मगर दाइको इच्छाको बारे सोध्नु भयो, ‘के तिमी आफ्नो रहरले हिड्न राजी छौ?’ मगर दाई रातोपिरो हुँदै अकमकिए र मौखिक जवाफ दिन नसकेर टाउको हल्लौदै इसारा गरे । साएद बन्दुकधारी हुललाइ देखेर आत्तिएर होला । त्यसपछि मगरदाईलाई  लड्नका लागी घरैबाट उठाएर लगे।

गांउका अन्य चेलिहरु र दाजुभाइ पनि क्रान्तिका लागी हिडेका थिए, उनिहरु बेला बेला गांउघर आउँदा मगर दाइको खबर दिइरन्थे । ठाउँ ठांउमा ट्रेनिङ गर्न जांदा चिच्याउदै ‘मलाई घर पठाइदिनु’ भनिरहन्छन मगर भाइ भन्दै गाँउ फर्केका लडाकुहरु सुनाउथे । सानो उमेर देखि हाम्रो घरमा बसेका ति मगर दाइ घरकै सहाेदर सदस्य जस्तै थिए । ममिलाई त्यो सबै स्मरण हुन्थ्यो र आंखाभरी आशु बनाउनु हुन्थ्यो।

जनआन्दोलन ६२/६३…

६२को १९ दिने जनाअन्दोलन ताका ममि सङ्ग काठमाडौ घुम्न आएको थिएं । त्यो बेला लगभग एक महिनाको बसाइ रहेको थियो ,मेरा दाइहरु बस्ने डेराबाटै सुनिन्थ्यो बाहिर पट्टि जनसागर उर्लिएका आन्दोलनका आवाजहरु! ढुङ्गामुढा र गोलि बारुदका आवाजले घनघोर युद्ध परेको भान हुन्थियो। साएद यो आन्दोलनमा पनि कति जनताले आहुती दिन पुगे, थाहा छैन । उनिहरु पनि ति १७ हजार योद्धाको लिस्टमा परेका छन् या छैनन् । आम सर्व- साधारण जनताले जतिसुकै दुख पाए पनि उनिहरुकै स्वतन्त्रताका हक हितका लागी गरिएका लंडाइ तथा युद्ध बाट देशमा सबै महान योद्धाहरुको बलिदानले आज एकात्मक राजतन्त्रलाई हटाएर “सङ्घिय लोकतान्त्रिक गणतन्त्रको” रुपमा देश स्थापित त बन्यो तर देशमा अझै पनि अहिलेको परिस्थितिलाई नियाल्दै गर्दा शासन प्रणाली परिवर्तन भए पनि सत्तामा रहनेहरुको शाशन ब्यवस्था र जनताप्रतिको उत्तर्दायित्वको भुमिका सन्तोसजनक नभएको भान हुन्छ।

#जयदेश#

कमेन्ट गर्नुहोस्
सम्बन्धित

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]