१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कर्मचारीलाई प्रभावमा पारी अनाधिकृत काम गराइदै : विराटनगर भन्सारमा एजेन्टको बोलबाला

Logo

विराटनगर, जेठ ३२
सत्ताको आडमा भन्सार प्रशासनदेखि कर्मचारीसम्मलाइ थर्कमान बनाउदै लजिस्टिक कस्टम किल्यरीगका संचालक नबराज उपाध्यायले विराटनगर भन्सारमा अनाधिकृत काम गर्ने । गराउने गरेको खुलासा भएको छ ।
भन्सार ऐजन्ट संघ विराटनगरको उपाध्यक्ष समेत रहेका उपाध्यायले आफ्नो राजनितिक शक्तिसँगको पुहचको ध्वाँस देखाएर विराटनगर भन्सारका कर्मचारीलाई आनाधिकृत कामहरु गर्न लगाउने गरेको स्रोत बताउँदछ । तत्कालीन माओवादी समर्थक रहेका उपाध्याय पछिल्लो समय नेकपा एमालेसँग समिकरण भएपछि भन्सार प्रमुखलाई समेत सत्ताको आडमा प्रभावमा पारी भन्सार मुल्याक्न कम गराई निकासी पैठारीको काम गर्दै आएको समेत स्रोतले दावी गरेको छ ।
भन्सार एजेन्ट नबराज उपाध्यायले नेता, प्रहरी, पत्रकार, प्रशासन तथा भंसार कर्मचारी सबै मिलाएर राखेका हुनाले उनले गरेको कालोकर्तुतहरु हालसम्म बाहिर आउन सकेको थिएन । तर पछिल्लो समय शक्तिको आडमा नतमस्त बनेका एजेन्ट उपाध्यायले त्यहीका अन्य एजेन्टसँग पंगा लिएपछि उपाध्यायले गरेको कालो कर्तुतहरु बाहिर आउन थालेको हो ।
एजेन्ट उपाध्यायले हरदम आफु नेकपा सरकारको मान्छे भएको भन्दै भन्सार कर्मचारीलाई आफ्ना अनाधिकृत काम गर्न लगाउने गरेको र आफ्ना विपक्षका ऐजन्टहरुको जयज कामहरु समेत हुन नदिने गरेको एजेन्ट उपाध्यायबाट पिडित बनेका केही एजेन्टले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]