२२ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

कर्मचारीलाई प्रभावमा पारी अनाधिकृत काम गराइदै : विराटनगर भन्सारमा एजेन्टको बोलबाला

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

विराटनगर, जेठ ३२
सत्ताको आडमा भन्सार प्रशासनदेखि कर्मचारीसम्मलाइ थर्कमान बनाउदै लजिस्टिक कस्टम किल्यरीगका संचालक नबराज उपाध्यायले विराटनगर भन्सारमा अनाधिकृत काम गर्ने । गराउने गरेको खुलासा भएको छ ।
भन्सार ऐजन्ट संघ विराटनगरको उपाध्यक्ष समेत रहेका उपाध्यायले आफ्नो राजनितिक शक्तिसँगको पुहचको ध्वाँस देखाएर विराटनगर भन्सारका कर्मचारीलाई आनाधिकृत कामहरु गर्न लगाउने गरेको स्रोत बताउँदछ । तत्कालीन माओवादी समर्थक रहेका उपाध्याय पछिल्लो समय नेकपा एमालेसँग समिकरण भएपछि भन्सार प्रमुखलाई समेत सत्ताको आडमा प्रभावमा पारी भन्सार मुल्याक्न कम गराई निकासी पैठारीको काम गर्दै आएको समेत स्रोतले दावी गरेको छ ।
भन्सार एजेन्ट नबराज उपाध्यायले नेता, प्रहरी, पत्रकार, प्रशासन तथा भंसार कर्मचारी सबै मिलाएर राखेका हुनाले उनले गरेको कालोकर्तुतहरु हालसम्म बाहिर आउन सकेको थिएन । तर पछिल्लो समय शक्तिको आडमा नतमस्त बनेका एजेन्ट उपाध्यायले त्यहीका अन्य एजेन्टसँग पंगा लिएपछि उपाध्यायले गरेको कालो कर्तुतहरु बाहिर आउन थालेको हो ।
एजेन्ट उपाध्यायले हरदम आफु नेकपा सरकारको मान्छे भएको भन्दै भन्सार कर्मचारीलाई आफ्ना अनाधिकृत काम गर्न लगाउने गरेको र आफ्ना विपक्षका ऐजन्टहरुको जयज कामहरु समेत हुन नदिने गरेको एजेन्ट उपाध्यायबाट पिडित बनेका केही एजेन्टले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]