१९ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

अन्तराष्ट्रिय शिक्षण विधितर्फ विराटनगरको ईडनवर्ग कलेज लम्कदै

Logo
प्रकाशित बिहिबार, साउन १६, २०७६

विराटनगर, साउन १६
विश्वभरीनै शिक्षण विधिमा आईरहेको परिवर्तनलाई बुझ्न र सोही अनुसारको परिवर्तन नेपालको शिक्षण विधिमा पनि ल्याउन इडनवर्ग इन्टशनेशल कलेज विराटनगरले वर्षेनी अन्तराष्ट्रिय शैक्षिक भ्रमण गर्ने योजना अघि सारेको छ । सोही योजना अन्र्तगत यस पटक कलेजले आफ्ना प्राध्यापकलाई शैक्षिक भ्रमणका लागि भारतको कलकत्ता लगेको छ । भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा भ्रमण गरी शैक्षिक अवलोकन तथा त्यहाँ स्थित प्राध्यापक तथा विद्यार्थीहरु संग छलफल गरेका छन् ।
कलकत्ता स्थित वी.वी.ए., बि.पी.एच. र एम.एड. शैक्षिक कार्यक्रम अध्ययन गराउने शिक्षण संस्थाको अवलोकनमा ती संस्थाले प्रदान गर्ने शिक्षा, शिक्षण विधि र समग्र प्राज्ञिक स्थितीका बारेमा भ्रमणमा गएका प्राध्यापकहरुले चासो पूर्वक अवलोकन तथा छलफल गरेका थिए ।
अझ शसक्त रुपमा विद्यार्थीलाई कसरी व्यवहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सोच विचारका साथ प्राध्यापकहरुको भारत भ्रमण आयोजना गरेको क्याम्पस प्रमुख मेघानन्द झाले बताए । उनले भने ‘यस्तो भ्रमण वेलाबेलामा भए शिक्षकको क्षमता र दक्षता बढछ जसले यहाँ हाम्रा विद्यार्थीहरु लावान्वित हुन्छन् ।’
‘विराटनगरमा नै पहिलो पटक प्राध्यापकलाई मात्र भारत भ्रमणमा इडनवर्ग इन्टनेशल कलेजले लगेको हो ।’ कलेज संचालन कैलाश श्रेष्ठले बताउछन् । उहाँ भन्नु हुन्छ, ‘यतो भ्रमणले प्राध्यापकमा शैक्षणिक कार्यका लागि मोटिभेसन गर्छ र शिक्षण सिकाईका लागि वातावरण समेत बनाउने गर्छ ।’ उहाँ पुनः भन्नु हुन्छ अव हरेक बर्ष हामी विद्यार्थीलाई मात्र नभएर शिक्षकलाइर्ब अहिले जसरी नै विभिन्न अन्तराष्ट्रिय भ्रमणमा लाने योजना छ ।
भ्रमणबाट फर्के पछि एक सहभागी प्राध्यापकले बताए, ‘भ्रमण फलदायी, उपलब्धी मूलक हुनका साथै कलकत्ताको शैक्षिक क्षेत्रको विकास, प्रगती र उन्नती हेर्नै अवसर पाईयो र आफू प्राध्यापनरत कलेजमा त्यहाबाट सिकेका कुराहरु कार्यात्वयन गर्नेछौ ।’ भ्रमण टोलीको सम्पूर्ण संयोजन तथा व्यवस्थापन कलेजका संचालक दिपक साह र निर्देशक राजेश यादवले गरेका थिए र भ्रमण टोलीले कलकत्ताको केही पर्यटकिय र ऐतिहासिक महत्वका क्षेत्रहरुको समेत अबलोकन तथा भ्रमण गरी नेपाल फर्किएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]

विराटनगर २८ जेठ : विराटनगर महानगरपालिकाले केही दिनदेखि बढेको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक सूचनामार्फत जेठ २८ देखि ३० गतेसम्म विद्यालयमा पठनपाठन बन्द गराउन आग्रह गरेका हुन् । महानगरपालिकाद्वारा विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ,’प्रस्तुत विषयमा केही दिनदेखि बढेको अत्यधिक […]

विराटनगर, जेठ ७ समाेबार विराटनगरको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कूलले नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना भएका ३२३ जना नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै सबै कक्षाका मनिटर चयन गरेको छ।