१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

बेनामे विज्ञप्तीको अधिकारिकता पुष्टी भएन : पिसिआर मेसिन किनबेचमा ८ लाख झ्वाम प्रकरण

Logo

विराटनगर, भदौ १५
पिसिआर मेसिन किनबेचको क्रममा ८ लाख रुपैयाँ झ्वाम परेका व्यापारी शिरिश मुरारकाले आफ्नो बचाउको लागी ट्रष्टको नामबाट निकालेको विज्ञप्तीको अझै पनि अधिकारिकता पुष्टी भएको छैन ।
धम्कीपुर्ण भाषाको प्रयोग र मेडियालाई टार्गेट गरी प्रकाशन गरीएको उक्त विज्ञप्ती ट्रष्टकै अधिकारीक विज्ञप्ती हो होईन भन्ने बारेमा हालसम्म कसैले पुष्टी गरेको छैन । विज्ञप्तीमा ट्रष्टको नाम उल्लेख भएता पनि क–कसको सहमतीमा उक्त विज्ञप्ती निकालिएको खुलाईएको छैन् । उक्त विज्ञप्तीमा ९ जनाको हस्तारक्षर रहेको छ तर हस्ताक्षरवालको नाम भने विज्ञप्तीमा उल्लेख गरिएको छैन् । सोही कारण प्रकाशित उक्त विज्ञप्ती नै कतै फर्जी होकी भन्ने नँया शंका समेत उब्जनी भएको छ ।
मिडिया तथष्ट : सत्यतत्थ पत्ता लगाउन पत्रकार गोलबद्ध
व्यापारी मुरारकाले ८ लाख रुपैयाँ झ्वाम पारेको विषयमा समाचार लेख्ने पत्रकारहरु अझै पनि आफुले लेखेको समाचारको विषयबस्तु तथ्य रहेको कुरामा तथष्ट छन् । कसैले पनि वेनामे विज्ञप्ती निकाल्दैमा सत्य बद्लिन नसक्ने पत्रकारहरुको भनाई छ ।
पत्रकारलाई टार्गेट गर्दै धम्र्कीपुर्ण भाषाको प्रयोग गरी व्यापारीहरुले विज्ञप्ती प्रकाशन गरेपछि आफ्नो बचाउ लागी पत्रकारहरु पनि एकिबद्ध भएका छन् । बेनामे विज्ञप्ती निकालेर पत्रकार र मिडियालाई धम्कियाउन खोजेको भन्दै पत्रकारले समेत तथ्यसत्यलाई बाहिर ल्याएर दोषालाई कानुनी कठघरामा उभियाएरै छोड्ने अन्तिम प्रण लिएका छन् ।
घोटालाबारे प्रमाण सहित समाचार प्रकाशन गर्ने पत्रकारहरुको एक समूहले विज्ञप्तीको आधिकारीताबारे छानबीन गर्ने र उक्त विज्ञप्ती निकाल्ने काममा को को आवद्धता रहेको भन्नेबारे समेत पत्ता लगाउने निधो गरेका छन् ।
नेपालकै प्रतिष्ठित उद्योगी प्रदिप मुरारकाको वारिस शिरश मुरारकालाई केही दिनअघि मेसिन खरिद विक्रि गर्ने क्रममा ८ लाख रुपैया ँझ्वाम पारेको आरोप लागेको थियो । प्रमाण सहित केहि स्थानीय मिडियाले समाचार प्रकाशन गरेपछि, आफ्नो कालो–कर्तुतलाई डाकछोप गर्न मुरारका बाउछोराले वनामे विज्ञप्ती प्रकाशन गरी चोखिन खोजेको थिए ।

स‌ंबन्धित समाचारहरु : 

हई-रेटमा पिसिआर मेसिन बेच्ने व्यापारी मुरारकालाई कारवाही होला वा नहोला ?

कालाेकर्तुत ढाकछाेप गर्न व्यापारी मुरारकाकाे धम्कीपुर्ण विज्ञप्ती : पिसिआर मेसिन खरिद प्रकरण

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]