१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रदेश–प्रदेशमा म्यानपावरको शाखा विस्तार गर्ने तयारी

Logo

काठमाडौँ, फागुन ५
सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तार गर्नका लागि अनुमति दिने तयारी गरेको छ । अवैध एजेन्टका कारण वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढेको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिन छलफल अघि बढाएको हो ।
यसअघि नियमनमा समस्या भएको भन्दै सरकारले शाखा खोल्नमा रोक लगाएको थियो । म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिने बारे व्यवसायी र सरोकारवालासँग छलफल भइरहेको विभागले जनाएको छ ।
म्यानपावरहरुलाई शाखा खोल्न नदिँदा ग्रामिण जिल्लामा दलालहरु सक्रिय भएका कारण अनुमति दिन छलफल अघि बढाएको विभागले जनाएको छ । पहिलो चरणमा सरकारले सबै म्यानपावरलाई प्रत्येक प्रदेशमा एक वटासम्म शाखा कार्यालय खोल्न दिन सक्ने बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]