२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बिरामी ठग्दै विराटनगरका प्राइभेट क्लीनिक : अनुगमन शुन्य

Logo

विराटनगर, चैत १८
विराटनगरका प्राईभेट क्लीनिकहरुले कोशी अञ्चल अस्पतालको नाम दुरुपयोग गरी बिरामी झुक्याईरहदा महानगरभित्र रहेका नियामक निकायहरु भने मौन छन् ।
बारम्बार संचारमाध्यममा सो विषय उठान हुँदा समेत महानगर भित्र रहेका नियामक निकायहरुले अनुगमन गर्ने जर्मोको गरेका छैनन् ।

विराटनगरको कोशी अस्पताल आसपासमा विकास सरदारको समुहले विभिन्न किलिनिक संचालन गरी विरामी ठग्ने गरिरहेको यसअघि पनि जनचर्चा डट कमले ठोस प्रमाण सहित समाचार संप्रेषण गरेको थियो ।

सरदारले आफ्नो क्लिनीकको भिजिटीङ कार्डमा कोशी अस्पतालमा कार्यरत्त डाक्टर र कोशी अस्पतालको नाम दुरुपयोग गरेर विरामीलाई झुक्याउने गरेका छन् ।
झट्ट हेर्दा कोशी अस्पतालकै अफिसियल भिजिटिङ कार्ड जस्तो देखिने गरी सरदारले फर्जी कार्ड छपाएका छन् । त्यस्ता भिजिटिङ कार्डमा सम्पर्क नम्बर भने प्राईभेट क्लीनिकको दिईएको छ । विरामीहरु पनि सरकारी अस्पताल हो भन–ठानेर सो नम्बरमा सम्पर्क गर्ने गर्दछन् । तर उक्त कार्डमा दिईएको नंम्बरमा फोन लगाउदा कोशी अस्पतालमा नभएर कुनै प्राईभेट क्लीनिकमा फोन जाने गर्दछ ।

बिरामीले फोन सम्पर्क गर्दा क्लीनिकका प्रतिनिधिले अस्पतालमा भन्दा राम्रो सेवा क्लीनिकमा पाईने भन्दै विरामीको माईड डाईभर्ट गर्ने काम गर्दछन् । सोझा–साझा विरामीलाई ठगेर, झुक्याएर र डराएरै भए पनि क्लीनिकमै आउन बाध्य पर्दछन् । कार्डको नम्बरमा सम्पर्क गर्ने विरामीलाई मनोवैज्ञानिक प्रभाव पार्ने गरेको उनीहरुको झाँसामा परेका विरामीहरुले बताउने गरेका छन् ।

विराटनगर महानगरपालिका भित्र महानगरकै जनस्वस्थ्य महाशाखा, जिल्ला प्रशासन कार्यलय तथा स्वास्थ्य क्षेत्र हेर्ने समाजिक विकास मन्त्रालय हुँदा समेत यस विषयमा गम्भीरतापुर्वक अनुगमन गर्ने कुनै पनि निकायले जमर्को गरेको पाईदैन ।

याे पनि पढ्नुहाेस् : कोशी अस्पतालमा लगाएको फोन कसरी पुग्छ प्राईभेट क्लीनिकमा ?

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]